९ जेष्ठ २०८२, बिहीबार

स्थानीय निर्वाचनका लागि उम्मेदवारले राख्नुपर्ने धरौटी तोकियो
  • न्युज मानसराेवर

बाँके\यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ। आयोगका अनुसार स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखका उम्मेदवारले एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ।त्यस्तै, वडाध्यक्षले एक हजार रुपैयाँ र वडा सदस्यले पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ। महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारलाई भने धरौटीमा ५० प्रतिशत छुट दिइएको छ। वैशाख ३० को निर्वाचनका लागि ११ र १२ वैशाखमा उम्मेदवारी मनोनयनको मिति तोकिएको छ।

  • ६ बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech