बाँके\नेकपा एमालेले हरेक वर्षको वैशाख ७ गतेलाई युवा उत्सव मनाउने भएको छ। पार्टी अध्यक्ष केपी ओलीले आज ललितपुरको गोदावरीमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन्।
पार्टीले आयोजना गरेको ‘युवासँग म’ नामक कार्यक्रममा उनले हरेक वर्षको वैशाख ७ गते युवा उत्सव मनाउने र युवासँग अन्तरक्रिया गर्ने बताएका हुन्।
उनले भने, ‘अब हामी हरेक वर्ष युवा उत्सव मनाउनेछौं। युवाहरूको फिलिङ वा आकांक्षाहरूको सन्दर्भमा कुरा सुन्नेछौं। त्यस विषयमा दृष्टिकोण पनि प्रस्तुत हुने पहिलो प्रयास हो यो।’