बाँके\राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३ आगरखोलामा बुधबार राति ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्।
कपुरकोट बजारबाट गिटी बालुवा लिएर कपुरकोट गाउँपालिका-३ फलाटे जाँदै गरेको लु३त ४३७७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। दुर्घटनामा ट्याकटरमा सवार कपुरकोट गाउँपालिका-३ फलाटेका १८ वर्षीय खेमराज महतरा र दिपक केसी गम्भीर घाइते भएका छन्।
उनीहरू दुवै जनाको राप्ती प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कपुरकोट सल्यानले जनाएको छ। ट्याक्टरमा पाँच जना सवार थिए। चालक भने फरार रहेका छन्।