बाँके\ नेकपा एमाले बाँकेका युवा नेता तथा खजुरा गाउँपालिकाका अध्यक्ष पदका उमेदवार सुमन मल्लले आर्थिक बिकास र समृद्दी आफ्नो आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन। विभिन्न राजनितिक दलले अहिले पनि अस्वस्थ राजनिति गरेर जनता भड्काउने प्रयास गर्नथालेकाले यसको जवाफ जनताले दिनपर्नेमा जोड दिएका छन।
खजुरा गाउँपालिका वडा नम्बर ८ कमिटि को कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्षका उमेदवार मल्लले युवालाई पाटिले विस्वास गरेर चुनावी मैदानमा उतारेको प्रति आभार प्रकट गरे । मल्लले युवाको जोस जागँर र क्षमतालाई देखाउने बेला आएकोले विकास गरेरै जनताको मन जित्नेमा विस्वस्थ रहन आग्रह समेत गरे ।
नेकपा एमाले जनसंगठन मोर्चा इन्चार्ज भिम वलिले लुम्बिनी प्रदेश मै खजुरा गाउँपालिकाले उत्कृष्ठ काम गरेर देखाएकाले यस पटक पनि एमालेका उमेदवारलाई जिताएर थप विकास निर्माणलाई तिव्रता दिन आवश्यक रहेको उल्लेख गरेका छन। युवाले नै हो देश बनाउने त्यसैले खजुराको लागि सुमन मल्ल लाई नै अध्यक्षको उमेदवार बनाइएको बताएका छन।
खजुरामा सुमन मल्ल एमालेबाट अध्यक्षको उमेदवार हुने हल्ला चलेपछि गठबन्धनमा कसलाई चुनावि लडाईमा उतार्ने भन्ने बारेमा निर्णय लिन अझै नसकेको समेत बताए । संगठन मोर्चा इन्चार्ज वलिले सुमनको नामले नै विपक्षिको मुटु हल्लिएको दावि समेत गरेका छन।
उदघाटन कार्यक्रममा एमाले बाँकेका जिल्ला कमिटि सदस्य, गाउँपालिका कमिटिका अध्यक्ष, विभिन्न जिम्मेवारिमा रहनुभएका पदाधिकारीहरु, अगुवा कार्यकर्ता लगाएतको उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रम वडा नम्बर ८ कमिटिका सचिव रोशन शाहिले संचालन गरेका थिए ।