१२ असार २०८२, बिहीबार

बाँकेमा कांग्रेस उम्मेदवारले बैशाख १२ गते दिउँसो १ बजे मनोनयन दर्ता गर्ने
  • न्युज मानसराेवर

बाँके\ बाँकेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह निर्वाचनको मनोनयन दर्ताका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई समय दिएको छ । बाँकेमा ८ वटै स्थानीय तहमा एकैसाथ मनोनयन दर्ता गर्नका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई यही बैशाख १२ गते दिउँसो १ बजे मनोनयन दर्ता गर्ने समय दिएको हो ।

जिल्लाका ८ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् । ‘नेपाली कांग्रेसका उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले बैशाख १२ गते दिउँसो १ बजेको समय दिएको छ, जिल्लाका ८ वटै स्थानीय तहमा एउटै समयमा मनोनयन दर्ता गराइनेछ,’ कांग्रेस बाँकेका कार्यालय प्रमुख उमेश शर्माले भने । सोही दिन पालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्यले मनोनयन दर्ता गराउनेछन् ।

  • ९ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech