९ जेष्ठ २०८२, बिहीबार

कोहपुरमा एमालेद्वारा ‘हाईकमाण्ड’ गठन
  • न्युज मानसराेवर

बाँके\नेकपा एमाले कोहलपुरले उच्च स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमाले कोहलपुरले प्रदेश सदस्य प्रेम भुषालको नेतृत्वमा ४ सदस्यीय उच्च स्तरीय कमिटी गठन गरेको हो ।

जसको सदस्यहरुमा प्रदेश सदस्य पुजन विश्वकर्मा, युवा संघका कन्द्रिय सदस्य खेमराज शर्मा र कोहलपुर नगरपालिकाका पार्टी सह–इन्चार्ज कुस्माखर बस्याल चयन गरिएको छ । यसै गरी नेकपा एमालेका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज सूर्य ढकालको प्रमुख आतिथ्यतामा शनिबार बसेको बैठकले विभिन्न निर्णय समेत गरेको छ ।

बैठकले प्रदेश सदस्य डोलराज अर्यालको संयोजकत्वमा ५ सदस्यीय आर्थिक व्यवस्थापन समिति ,प्रचार प्रसारलाई व्यबस्थित गर्न प्रेस चौतारी बाँकेका उपाध्यक्ष विनोद भट्टराईलाई जिम्मेवारी दिइएको छ ।उम्मेद्वारहरुको उम्मेद्वारी दर्ताको सम्पूर्ण प्रक्रिया पुरा गर्न शारदा प्रसाद कोइराला र गणेश पाण्डेलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । यस्तै १५ वटै वडाका दलित सदस्यहरुको उम्मेद्वारी नाम प्रमाणिकरणको जिम्मा निर्मला सुनारलाई दिने निर्णय गरेको एमाले कोहलपुरले जनाएको छ ।

बैठकबाट बैशाख १२ गते साढे १० बजे उम्मेद्वारी दर्ता गर्न आउँदा नगरका प्रत्येक वडाबाट १०० पुरुष १०० महिला वडाको ब्यानर र झण्डा सहित २ सय जना ¥यालीमा सहभागी गराउने, ¥यालीको लागि प्रत्येक वडाहरुमा एक सय झण्डा उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।

त्यसका साथै उम्मेद्वारी दर्ताको लागि प्रदेश सदस्य आरती पौडेल र बलाराम भट्टराईलाई राप्तीसोनारी, पुजन विश्वकर्मा र भारती खनाललाई नरैनापुर र अन्य प्रदेश सदस्यहरुलाई कोहलपुरको जिम्मा दिने निर्णय भएको एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज ढकालले जानकारी गराए । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका कार्यहरुलाई सरल सहज र व्यवस्थित गराउनका लागि विभिन्न कमिटी गठन गरिएको कोहलपुर नगर कमिटी अध्यक्ष खिल प्रसाद भूसालले भनेका छन।

  • १० बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech