बैजनाथ । नेकपा एमाले बैजनाथ गाउँपालिका वडा न ५ ले आफ्ना उम्मेद्धावर चयन गरेको छ ।
यस अघि वडा अध्यक्षका लागि हालका वडा अध्यक्ष मन बहादुर खत्रीलाई नै पूर्ण वडा अध्यक्षमा उम्मेद्धावर छनोट गरिसकेको थियो ।
हाल वडा कमिटीले अन्य चार जना उम्मेद्धावर लाई सर्वसहमत छनोट गरिएको छ ।
छनोट गरिएका उम्मेद्धावर मध्य महिला सदस्यमाअल्का कुमारी थारु ,दलित महिला सदस्य पुष्पा नेपाली, खुल्ला सदस्य हुकुम अलि जागा ,खुल्ला सदस्य सिता राम थारुलाई चयन गरेको छ । हुकुम अलि जागा यस अघि समेत वडा सदस्यमा निर्वाचित सदस्य हुन।