बाँके । यही बैशाख ३० गते हुन गई रहेको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट कोहलपुुर नगरपालिकाको लागि मेयरको प्रत्यासी उम्मेदवार नेकपा एमालेका नेता एवं कोहलपुर नगरपालिका बाँकेका अध्यक्ष खिल प्रसाद भुषाल देखिएका छन् ।
उनी आफुले मेयरका लागी टिकट पाउनेमा विश्वस्त रहेको बताउँछन् । राज्य पूनःसंरचनापछि नगर सचिव हुँदै नगर कमिटिको अध्यक्षमा निर्वाचित भएका उनी वि।सं। २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा निरन्तर निर्वाचनमा खटिएका उनी वि.संं. २०७० सालकै निर्वाचनमा आर्थिक संयोजकका रुपमा पनि आफुले पाएको कार्यभारको जिम्मेवारी सम्हालेका थिए ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा कोहलपुरको नगर प्रमुख र प्रदेश सासंदका लागि प्रवल दाबेदार भूसालले पार्टीको हीतकालागी आफ्नो उम्मेदवारी त्यागेका थिए । त्यसपछि उनी पार्टीद्धारा दिइएको जिम्मेवारी पुरा गर्नको लागी आम निर्वाचन र प्रदेश निर्वाचन उम्मेदवारलाई विजयी बनाउन लागी परे र उनी सफल पनि भए । नगरको अध्यक्षमा रहेर आफ्नो जिम्मेवारी सम्हालि रहेका उनै नेकपा एमालेका नेता एवं नगर अध्यक्ष खिल प्रसाद भुसालसंग मेयरको उम्मेदवारी के का लागी र मेयरमा निर्वाचित हुुनु भयो भने कोहलपुरका लागी तपाईँको योजना कस्तो छ ? भन्ने लगायतका विषयमा गरिएको कुराकानीको केही अंश ।
आफ्नै पार्टी भित्र तपाईँ लगायत अन्य दुई जनाको नाम मेयरका लागी नोमिनेसनमा परेको छ । टिकट पाउनको लागी कत्तिको रस्साकस्सी गर्नु भएको छ ?
मलाई त्यस्तो रस्साकस्सी गर्न कुनै आवश्यक नै छैन । किनभने म पार्टीले दिएको जिम्मेवारीलाई पुर्ण रुपले इमानदारीका साथ पालना गर्दै त्यसलाई पुरा गर्ने सिद्धान्त बोकेको मान्छे हुँ । यस कोहलपुरमा भएका कुनै त्यस्तो वडा छैन जहाँ म नपुगेको हुँला । म यहाँका जनताका घरदैलोमा केवल एउटा नेताका रुपमा हैन जनताको सेवकको रुपमा पुग्ने गरेको छु । यस अर्थमा पनि मलाई यहाँका जनताले र पार्टीले काम गर्ने नेताका रुपमा राम्रैसंग चिन्ने भएको हुनाले म आफुले टिकट पाउनेमा पुर्ण रुपले विश्वस्त छु ।
टिकट पाईहाल्नु भयो भने तापाईँको सामू पाँच दलको गठबन्धन छ । त्यसलाई कसरी जित्नुु हुन्छ ?
ड्ड मैले सानैबाट कथा पुराणमा सुन्दै आएको थिएँ कि ब्रम्ह्माको तीन तिर फर्किएको टाउँको हुन्छ । त्यो पनि सबै उस्तै । जसलाई जताबाट हेरेपनि उस्तै देखिन्थ्यो र जताबाट हेरेपनि यिनी ब्रम्ह्देव नै रहेछन् भनेर चिनिन्थ्यो । तर यो गठबन्धनको त पाँच ओटा टाउँको छ । जस्को पाँचतिर फर्किएको अनुहार नै फरक फरक छन् । यी फरक अनुहारलाई जनताले कसरी चिन्लान् र रु पाँच थरी चुनाव चिन्ह्लाई फर्काइ फर्काइ भोट हाल्नुको साटो छर्लंगै देखिने एउटा मात्र चुुनाव चिन्ह सुर्यलाई नै भोट हाल्न सजिलो हुन्छ नी भुषालले भने । त्यसमा पनि कोहलपुुरका बासिन्दा भनेका अति नै सचेत बासिन्दा छन् र सूचना सबैसंग छ । म अरुको कुरा गर्न चाहान्न किनभने अरु जस्तो आफु जहाँ छ त्यही जनतालाई बोलाएर दुःख दिने हैन म जनता जहाँ छन् त्यही गएर जनतालाई सेवा सुविधा दिने मान्छे हुँ ।
यो चुनावमा अहिले जतिपनि उम्मेदवारहरु उठ्नु भएको छ उहाँहरुलाई यहाँ जामुनघारी कहाँ पर्छ थाहा छैन । सिराहा कहाँ पर्छ थाहा छैन । उहाँहरुलाई ढोरपुरठारा कहाँ हो थाहा छैन । प्रेमपुर कहाँ पर्छ उहाँहरु यसको बारेमा अनबिज्ञ हुनुहुन्छ । यो अन्तरवार्ता पढेपछि सायद खोज्दै जानु हुन्छ होला । त्यस्ता मान्छे अहिले आएर मलाई सेवा गर्ने मौका दिनुस् भन्दै दुई हात जोड्दै भोट माग्दै हुनुहुन्छ । तर मैले त्यसो गर्नै पर्दैन । किनभने मेरो काम भनेको जनताको सेवा गर्ने हो र मैले ३ सय ६५ दिनभरी नै जनताको सेवा गरि रहेको हुन्छु । यो चुुनावको मुखमुखमा मैले जनताको घरघरमा गएर हात जोड्दै जिताई दिनु पर्यो भन्न मलाई कुनै आवश्यक नै छैन । यहाँका सबै जनताले मलाई चिन्नु भएको छ मेरो कामलाई देख्नु भएको छ त्यसैले यो गठबन्धन न मेरोलागी न त मेरो पार्टीकैलागी कुनैपनि हालतमा भारी पर्नै सक्दैन । त्यसैले यो गठबन्धनमा जीत निश्चित नै छ ।
यदि तपाईँले टिकट पनि पाउनु भयो र जितेर मेयर पनि बन्नु भयो भने तपाईँको पहिलो काम कहाँबाट र कुन क्षेत्रबाट शुरु गर्नु हुन्छ ?
मेरो जीवनको पहिलो प्रामिकता जहिले पनि सभ्य समाज हुुनु पर्छ भन्ने मान्यतामा रहँदै आएको छ । र सभ्य समाज बन्नकोलागी त्यो समाजका मानिसहरु शिक्षित हुुन निकै आवश्यक हुन्छ । त्यसैले मेरो काम गुणस्तरिय शिक्षा प्रदान गर्ने नै रहन्छ । त्यसमापनि अझैं प्राथमिकता छोरी पढाऊ अभियानमै केन्द्रित रहन्छ । मेरो कार्य योजना त्यो ठाउँसम्म पुग्ने छ जहाँ राज्यद्धारा पछाडि पारिएको समूदाय, जाती, वर्ग लगाएत ती सबैको ज जस्को शिक्षा जस्तो अपरिहार्य कुरामा पहुँच छैन । त्यसैले मेरो अभियानको पहिलो शुरुवात नै यहाँको शैक्षिक क्षेत्रलाई नै सबल र सक्षम बनाउनेमा रहन्छ । यसका महिलाहरुलाई आर्थिक रुपमा सबल सक्षम बनाउनमा मेरो भरपुर प्रयास रहन्छ । र महत्वपुर्ण कुरा कोहलपुुरलाई हरेक क्षेत्रबाट भ्रष्टाचार रहीत नगर बनाउने छु । यो मेरो प्रतिबद्धता नै हो ।