९ जेष्ठ २०८२, बिहीबार

बाँके सिमानामा उच्च सतर्कता
  • न्युज मानसराेवर

बाँके\ भारतमा कोभिड संक्रमण बढ्न थालेपछि बाँकेको सीमा क्षेत्र जमुनाहमा उच्च सतर्कता अपनाउन थालिएको छ । बँकेको जमुनाहा नाकामा भारतबाट फर्किने नेपालीलाई कोभिड विरुद्धको खोप लगाउने काम भइरहेको छ ।साथै नेपाल प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको छ । चेक गराएर मात्र नाका प्रवेश दिइएको छ । केही सातादेखि नै स्वास्थ्य जाँचका लागि पाँच जनाको स्वास्थ्य समूह परिचालन गरिएको छ ।

कुनै पनि नेपाली खोपबाट बञ्चित नहोस् भनेर सोधपुछ गरेरै खोप लगाइएको छ । भारतका विभिन्न सहरमा काम गरेर फर्किएका नेपालीलाई खोपको पहिलो, दोस्रो र तेस्रो मात्रा लगाउने काम भइरहेको नेपाल–भारत जमुनाहास्थित हेल्थ डेस्कका ल्याब टेक्निसीयन चिरञ्जीवी ज्ञवालीले बताए ।

वैशाख १० गतेसम्मको जाँचमा कोभिड पोजिटिभ भने भेटिएका छैनन् । ‘दिनमा एक सय ५० जनालाई खोप लगाएका छौं । दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण गर्ने गरेका छौं’ ल्याब टेक्निसीयन ज्ञवालीले भने । गत चैत महिनासम्म नाका क्षेत्रमा तीन हजार तीन सय ८६ जनाले खोप लगाएको बताइएको छ । नाकामा एस्ट्राजेनेका र जोन्सन खोप दिइएको छ ।

  • १० बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech