बाँके\स्थानिय तहको निर्वाचन आउन अब जम्मा १९ दिन बाँकि छ । आज मात्रै नेकपा एमाले बाँकेले पालिकाकोलागी मेयर उपमेयरसंगै अध्यक्ष र उपाध्यक्षको नामावली सार्वजनिक गरेको छ । सोही क्रममा कोहलपुर नगरपालिकामा मेयरको उम्मेदवार खिल प्रसाद भुसाललाई चयन गरेको छ । खिल प्रसाद भुसाल बाँकेमा एउटा परिचित नाम मात्र नभई युवाहरुकालागि भविष्यमा सम्भावना बोकेको नाम हो । एमाले भित्रको उदाउँदो नेताका रुपमा परिचित उनी अहिले कोहलपुुर नगरपालिकाको अध्यक्ष समेत हुन् । उनी केवल नमकालागी नभई कामकालागी पनि उत्तिकै परिचित जनताको सेवकको रुपमा परिचित छन् ।
मेयरको टिकट पाउन खिल प्रसादलाई त्यत्ति सजिलो त कहाँ भयो र ? यसकालागी हजारौं हजार माईलको राजनीतिक यात्रा पार गरेका छन् उनले । झण्डै ४ दशक लामो राजनीतिक यात्रा तय गरेपछिको प्रतिफल बल्ल अहिले आएर उनको पोल्टामा परेको छ । यो समयसम्म आई पुग्दा उनले पार्टी र जनसमुदायको हीतकालागी थुप्रै विकासका कामहरु गरेका छन् । कोहलपुरमा एउटा उनी मात्र एक यस्ता नेता हुन् जस्लाई उक्त नगरपालिकासंग जोडिएका प्रत्येक वाडबासीले राम्रैसंग चिन्दछन् । कुनै त्यस्तो वडाका जनसमुदाय छैनन् जस्ले खिल प्रसादलाई नचिनेकोहोस् । अनि खिल प्रसाद स्वयमकालागी पनि कुनै त्यस्तो वडाबासिन्दा छैन जस्लाई उनले नचिनेकोहोस् ।
जुनसुकै समुदाय किन नहोस् चेतना स्तरबाट बलियो हुनु पर्छ भन्ने मान्यताले काम गर्न रुचाउने खिल प्रसादको पहिलो प्राथमिकतामा जहिले पनि महिला, बालबालिका अनि उनीहरुले पाउने शिक्षाको विषय नै रह्यो । यसका साथै राज्यद्धारा पछाडि पारिएका समुदाय र उनीहरुको अधिकारको विषय नै खिल प्रसादको राजनीतिक बन्यो । यस कारण पनि सबैको प्रिय नेताका रुपमा चिनिन्छन् ।
भूसालले अनेरास्ववियू बाट २०३९ सालमा अनेरास्ववियू भवनी विद्यापिठ माध्यामिक तहमा प्रारम्भिक कमिटिको अध्यक्षमा चुनिएका थिए । बाहुन परिवारमा जन्मेका भूसाल फुतिलो र बाठो मानिन्थ्थे ।
कम्यूष्ट विचारधार अवलम्बन गर्ने युवाका रुपमा भुसालले गाउँघर तिर परिचय बनाएका थिए । २०४० सालमा पिस्कर हत्याकाण्डको विरोधमा आन्दोलनको नेतृत्व लिएका भूसाललाई प्रहरीले नियन्त्रमा लिएको थियो । त्यसको १ वर्ष पछि २०४१ सालमा उनी भारत प्रवेश गरेका थिए । भारतमा गलत विचार र गलत कार्यको विरोद्ध गर्दै आएका भूसाल अन्तत प्रवासी नेपाली संघको सदस्यता लिएका उनले संघको सचिव भई २०४४ साल देखी २०४६ सम्म फरिदावादको नगर कमिटि अध्यक्ष भएका थिए । भूसालले २०४६।०७।१७ मा पार्टीको सदस्यता प्राप्त गरेको थिए ।
सदस्यता प्राप्त पछि उनले २०४६ फागुन ७ गते बाँट निरंकुश निर्दलिय पंचायती व्यवस्था विरुद्ध आन्दोलनमा सहभागिता हुन पार्टीको निर्देशमा नेपाल फर्केका थिए । आन्दोलनमा सहभागिता पश्चात उनी फेरी भारत प्रवास फर्के । २०४७ सालको पर्वत जिल्ला कमिटि द्धारा स्वदेश फर्किन विधिवत् भारत प्रवास कमिटिलाई पत्राचार भए पश्चात उनी लगाएत साथीहरु २०४७ साल माघमा नेपाल फर्केका थिए । आफ्नो गृह जिल्ला पर्वत फर्केका भूसाल जिल्लाको ७ नम्बर ईलाका कमिटिमा सचिवको जिम्मेवारीमा कार्य सम्पादन गरेका थिए ।
२०४८ सालको निर्वाच शुरु देखी अन्त सम्म जिम्मेवारी बहन गरेका भुसालले २०४९ सालको स्थानीय तहको निर्वाचको परिचालनको कमाण्डरका रुपमा परिचालन भएका थिए । उनले नेतृत्व गरेका ७ न ईलाकाका साथै वटा गाविस अध्यक्ष विजयी बनाउन सफल भएका थिए । सफल भएका भूसाल परिवार २०४९ कार्तिक १७ गते बाँकेको कोहलपुर बसाइ सराई गराई बसोबास गर्दै आएका छन् । भूसालले २०५० सालमा पार्टीको सदस्य बाँकेमा स्थान्तरण गराएको थिए ।
उनले २०५३ साल चैत २३ गते साविक रझेना गाउँ कमिटिको अध्यक्ष भई २०५४ सालको स्थानीइ निकायको निर्वाचनमा अध्यक्ष र गाविस उपाध्यक्ष विजयी गराउन सफल भएका थिए । भूसाललाई २०६६ सालमा उद्योग बाणिज्य संघमा पार्टीको तर्फ बाट कोषाध्यक्षको जिम्मेवारी पाएका थिए । बाणिज्य संघमा रही भूसालले व्यापारीहरुका समस्या समाधान तर्फ केन्द्रित रहेर कार्य सम्पादन गरेका थिए । बाणिज्य संघमा रही भूसालले व्यापारीहरुका समस्या समाधान तर्फ केन्द्रित रहेर कार्य सम्पादन गरेका थिए ।
२०६८ साल कार्तिक २० गते देखी भूसाल नेकपा एमालेको नगर कमिटि उपाध्यक्ष चयन भए । उनले पार्टी संगठन चलायमान बनाउन पार्टीमा सदस्यता भित्राउने जस्ता कामहरु गरेका थिए । २०७१ साल फागुन १५,१६,१७ सम्म भएको राज्य पुनरसंरचना पहिलो प्रथम नगर अधिवेशन बाट निर्वाचित कोहलपुर नगर कमिटिको अध्यक्षमा निर्वाचित भएका थिए । नगर कमिटी अध्यक्षमा निर्वाचित भएका उनी २०६४ र २०७० सालको संविधान सभा निर्वाचन मा निरन्तर निर्वाचन परिचालमा खटिए ।
२०७० सालको निर्वाचनमा आर्थिक संयोजकका रुपमा रहेर पाटीद्धारा दिईएको जिम्मेवारीलाई उनले इमान्दारीका साथ पुरा गरेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कोहलपुरको नगर प्रमुख र प्रदेश सासंद का प्रवल दावेदार भूसालले पार्टीको हितका लागि आफ्नो उम्मेदवारी त्यागेका थिए । र आम निर्वाचमा र प्रदेश निर्वाचनमा दुवै उम्मेदवारलाई विजयी बनाउन उनी लागि परे । र सफल पनि भए । ०७४ सालकै चुनावमा मेयर बन्नु पर्ने भुसालले यस पटकको चुनावकालागी मेयरको टिकट पाउँदा एउटा थप जिम्मेवारीको बोध भएको बताए ।
उनले भने,‘पार्टिले दिएको जस्तो सुकै जिम्मेवारीलाई पुरै ईमान्दारी र निष्ठाका साथमा निभाउँदै आएको भएपनि यस पटक मेयरको टिकट पाउँदा एउटा बेग्लै खालको उत्साह, काम गर्ने जाँगर र यहाँका जनताप्रति थप जिम्मेवारी भएको महसुस गरेको छु ।’ नेता भुसाल एउटा त्यस्तो नेताका रुपमा परिचित छन् जस्ले आफुलाई बेदागको रुपमा चिनाउन सफल भए । कुुनैपनि हालतमा चुुनाव जित्छु र मलाई नै यहाँका जनताले मेयरका रुपमा जिताउँछन् भन्ने कुरामा विश्वस्त रहेका उनी भन्छन्,‘मलाई यो पाँचातारे गठबन्धनको कुनै भय नै छैन । भय त्यस्तालाई हुन्छ जस्ले चुनावको मुखमुखमा मात्रै जनताको घरघरमा गएर घरदैलो कार्यक्रम गर्ने गर्छन् । म त ३ सय ६५ दिन भरी नै जनताको घरघरमा छु । मैले मलाई भोट दिनुस् भनेर हात जोड्नै पर्दैन । यस अर्थमा जनताले मलाई चिनेका छन् अनि मैले मेरो जनतालाई ।’