९ जेष्ठ २०८२, बिहीबार

नेपाली काग्रेस कोहलपुर पार्टी कार्यालयमा ताला
  • न्युज मानसराेवर

बाँके । नेपाली काग्रेस कोहलपुर पार्टी कार्यालयमा ताला लगाइएको छ ।

टिकट वितरणमा तिब्र असन्तुष्टि देखिएका कारण नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाएका हुन । नेपाली काग्रेसमा संस्थापक नेता बलराम शर्मा निकट नेता तथा कार्यकर्ताहरुले पार्टीका कार्यालयमा ताला लगाएका हुन ।  नेपाली काग्रेसले केन्द्रिय निर्देशन अनुसार कोहलपुर नगरपालिकाको मेयर पदमा काग्रेसका युवा नेता पूर्ण आचार्यलाई टिकट दिइएको थियो ।

यसै गरी उप मेयरमा संगिता शर्मालाई टिकट वितरण गरेको छ ।

यसै गरी नेता बलराम शर्माले पार्टी परित्याग गरेको घोषणा नै गरेका छन । विद्यार्थी फाटको राजनितिक गरेका आचार्य यस अघिको स्थानीय तह सदस्य निर्वाचनमा कोहलपुर नगरपालिका वडा न ८ बाट वडा अध्यक्ष पराजित भएका थिए ।१४ औँ महाधिवेशन कोहलपुर नगर सभापतिमा पराजित युवा नेता राजेन्द्र श्रेष्ठले पुस्ता मास्ने कार्य गलत भएको बताए । उनले आचार्य प्रति लक्षित गर्दै केन्द्रिय सम्बन्ध राम्रो छ भन्दैमा पुस्ता मास्ने कार्य गलत गरेको बताए । उनले वडा अध्यक्षमा पराजित आचार्य मेयर पदमा उम्मेद्धवार बन्दा गतल हुने समेत बताएका छन।

  • १२ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech