आमा खगीसरा खत्री बुवा कर्ण बहादुर खत्रीका सन्तानका रुपमा २०२८ साल ७ महिला १८ गते जन्मेका मन बहादुर खत्री एक निश्पक्ष र नेतृत्वदाहि क्षमतावान नेताका रुपमा आफुलाई स्थापित गरेका नेता हुन । २०६० साल सम्म नेपाली काग्रेसको राजनितिक गरेका उनै खत्री पार्टीमा चरमा अवसरवाद र नातावात र समय अनुकूल पार्टीका विचार सिद्धान्त नचलेको हुदाँ नेपाली काग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए । खत्री बैजनाथमा विभिन्न संघ संस्थामा आवद्ध रही समाजवेवामा समेत अब्वल नेताका रुपमा चिनिन्छ ।
हकी स्वभावका नेता खत्री स्थानीय स्तरमा संचालित एभरेष्ट कृषि सहकारी संस्थाको संस्थापक संचालन समिति सदस्य रुपमा काम गरेका छन भने शिक्षा क्षेत्रको विकासमा खत्रीको महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।
खास गरी बैजनाथ ५ स्थित नमुना प्रभात मावि जीगाउँको दुई कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रुपमा शिक्षाको गुणस्तर र विद्यालय स्तर उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका मन बहादुर खत्रीलाई नेपका एमालेले संघिय लोकतान्त्री गणतन्त्रको पहिला स्थानीय तह सदस्य निर्वाचनमा बैजनाथ गाउँपालिका वडा न ५ को अध्यक्षका रुपमा अघि सारेको थियो ।
२०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा १ सय २१ मतले विजयी भएका खत्रीले आफ्नो ५ वर्षे कार्यकाल कूशल र समृद्ध बैजनाथ निमार्णमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले आर्थिक सवलीकरणमा जाड दिदै साना किसानहरुको सवलीकरणमा महत्वपूर्ण योगदान गरेका खत्रीलाई पूर्ण पार्टीले वडा अध्यक्षमा आफ्नो उम्मेद्धवारका रुपमा अघी सारेको छ ।
पार्टीले किन सार्यो खत्रीलाई पूर्ण वडा अध्यक्ष
पार्टीका विचार र घोषणा अनुसार आफ्नो ५ वर्षे कार्यकाल कूशल रुपमा आफ्नो जिम्मेवारी निर्र्वाह गरेका कारण पार्टीले खत्रीलाई पूर्ण अध्यक्ष उम्मेद्धवार बनाएको नेपका एमाले पालिका अध्यक्ष इन्द्र थापाले भनेका छन । बढ्दो सहरीकरण व्यवस्थापन उद्योगहरुको स्थापना कृषि यान्त्रीकरण अनुसार पकट क्षेत्रको घोषणा लगाएत क्षेत्रमा समेत महत्वपूर्ण काम हरु ५ वर्षे कार्यकालमा गरेको पाईन्छ । उद्यम विकास र पूर्वाधार विकास सुशासन जवाफदेहीता प्रवद्र्धन शिक्षाको गुणस्तरमा उल्लेखनीय कार्य गरेका कारण नै उनलाई उम्मेद्धवार चयन गरिएको पालिका सचिव प्रेम थापाले भनेका छन।
समन्वयनमा उच्च प्राथमिकता
नेकपा एमाले बाट निर्वाचित वडा अध्यक्ष भएतापनि विकास निमार्णका सवालमा सबै स्थानीय राजनितिक दल सँगको समन्वयमा वडाका विकास गतिविधि गरेको पाइन्छ । विना विवाद रहित आफ्नो कार्यकाल सम्पन्न गर्न सफल भएका नेता खत्री स्थानीय सरकारको कार्यपालिका बैठक वा गाउँ सभा जस्ता महत्वपूर्ण सभाहरुमा स्पष्ट वक्ताका रुपमा आफुलाई स्थापित गरेको पाईन्छ । वडा स्तरमा बाल विवाह मुक्त शान्ति सुरक्षा व्यवस्थापन किसोरी क्लब बाल क्लब टोल सुधार सरफाई जनचेतना बृद्धि गर्ने सवालमा सबै सँग समन्वय गरेर काम गर्ने क्षमतावना नेताका रुपमा आफुलाई स्थापित गर्न सफल भएको देखिन्छ । खास गरी कोरोना संक्रम फैलिन नदिन र संक्रमितिहरुको उचित व्यवस्थापनमा सबै राजनितिक दलहरु सँग समव्वय गरेको पाईन्छ ।
राष्ट्रपति ल्याउन सफल खत्री
बैजनाथ गाउँपालिका वडा न ५ मा स्थित प्रभात मा वि जीगाउँको १०० औँ स्थापना दिवसको उपलक्ष्यमा नेपालको गौरव संघिय लोकतन्त्रको रक्षक सम्मानित राष्ट्रपतिलाई प्रमुख अथितिका रुपमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको पाईन्छ ।
बैजनाथ ५ को मतदाता कति ?
बढ्दो सहरीकरण सँगै जनसंख्यामा समेत उल्लेखनीय बृद्धि भएको पाईन्छ । २०७८ को जनगणना अनुसार देश भरी नै बाँके जिल्लाको बैजनाथ गाउँपालिका दोस्रो स्थानमा छ । ७० हजार ३ सय १५ रहेको छ । त्यस अनुसार बैजनाथ ५ मा समेत मतदाता बढेको छ । करिब ५ वर्ष पहिला ४ हजार ९ सय २८ मतदाता रहेको वडामा हाल ७ हजार ६९ कूल मतदाता रहेका छन यस कारण युवा माझ उम्मेद्धवारको प्रभाव कस्तो रहने छ त्यसले समेत प्रत्यक्ष निर्वाचनलाइ प्रभाव पार्ने देखिन्छ ।