२४ जेष्ठ २०८२, शुक्रबार

कोहलपुरको मेयरमा कांग्रेसका बलराम शर्मा बागी
  • न्युज मानसराेवर

कोहलपुर \ बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस कोहलपुरका निवर्तमान सभापति बलराम शर्मा  स्वतन्त्र उम्मेदवारी दर्ता गर्दैछन् ।उनी मनोनयन दर्ताको लागि नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेका छन् ।

नेपाली कांग्रेसले कोहलपुरमा युवा नेता पूर्ण आचार्यलाई मेयरको टिकट दिएको थियो । पार्टीले वितरण गरेको मेयरको टिकटप्रति असन्तुष्टि जनाउँदै पूर्वसभापति शर्माले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । गत निर्वाचनमा मेयरको पराजित भानुभक्त भट्टराई , फुलाराम थारु लगायतले शर्मालाई साथ दिएका छन् ।शर्मा उनीहरुसहित मनोनयन दर्ताका लागि पुगेका हुन् ।

यसअघि शर्मा,भट्टराई र थारु समेत मेयरका आंकाक्षी थिए । उनीहरुले सोमबार विहानैदेखि पार्टीको निर्णयप्रति असहमति जनाउँदै पार्टी कार्यालयमा तालाबन्दि गर्नुका साथै विरोध समेत जनाएका थिए । यसैगरी शर्मालाई युवा नेता भुम भण्डारी, कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले पनि समर्थन जनाएका छन् ।

  • १२ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech