बाँके\ यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाँकेका आठ वटै स्थानीय तह सदस्य निर्वाचनका लागी नेकपा एमाले आठ वटै स्थानीय तहमा प्रमुख उप प्रमुख सहित जिल्लाका ८१ वडामा अध्यक्ष सदस्यहरुको मनोनयन दर्ता गराएको छ । बाँके जिल्लामा अन्य राजनितिक दल भन्दा पृथक चलायमान थप सवलिकरण संगठन जनपक्षीय कार्यहरु समाजमा गरेका कारण अन्य दल भन्दा लोकप्रिय बनेको पाईन्छ एमाले । आज हामीले एमाले बाट बैजनाथ गाउँपालिका वडा न १ का अध्यक्ष उम्मेदवार रुप बहादुर मल्लको राजनितिक जीवन बारे संक्षित चर्चा गर्ने छौँ।
आखिर को हुन मल्ल ?
बैजनाथ गाउँपालिका वडा न १ चिसापानी निवासी मल्ल २०३१ साल ०५ । १७ गते बुवा हर्क बहादुर मल्ल आमा गङ्गा मल्ल जेष्ठ छोराका रुपमा जन्मेका हुन । राजतन्त्र र अन्याय विरुद्ध सानै उमेर बाट समाजमा आफ्ना विचार राख्ने मल्ल २०४५ साल देखी माल हुदै एमालेमा आवद्ध भएका थिए । युवा राजनितिक युवा संघ बाट उदायका मल्ललाई पार्टीले २०६० सालमा संगठित सदस्य उपलब्ध गराएका थिए । हाल मल्ल पार्टीको क्षेत्रीय कमिटी सदस्य तथा युवा संघ लुम्बिनी प्रदेश कमिटी सदस्यमा आवद्ध छन।
वडा स्थानीय सरकार प्रमुख मल्ल
आज भन्दा ठिक ५ वर्ष पहिला बैजनाथ गाउँपालिका वडा न १ को वडा अध्यक्षमा विजय भएका मल्लले आफ्नो ५ वर्षे अवधिमा बैजनाथ गाउँपालिका वडा न १ चिसापानीको मुहार फेरेका छन। कृषिमा यान्त्रीकरण पकेट क्षेत्रको घोषणा स्वास्थ्य संस्थाको सवलीकरण संगै शिक्षाका क्षेत्रमा महत्वपूर्ण काम गरेको पाईन्छ । निशुल्क स्वास्थ्य तथा सुरक्षित स्वास्थ्य सेवा प्रभावहमा मल्लले वडा न १ मा स्थास्थ्य संस्था निमार्ण तथा कर्मचारी व्यवस्थापन प्रस्तुति गृहमा आएका सेवा ग्राहीहरुको सम्मान कार्यक्रम समेत गरेको पाईन्छ ।
मल्लले बाटो निमार्ण ग्राभेल बाटो पिच बाटो नभएका स्थानहरुमा ग्रावेल बाटो निमार्ण जस्ता कामहरु गरेका छन। भने उत्पादन सँग जोडिन ग्रामिण क्षेत्रका विशेष गरी महिलाहरुलाई साना किसान उद्यमी सुढृढिकरण अन्तगर्त किसानको स्तर उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाईन्छ ।
चिसापानी करेली क्षेत्रका समस्याहरु समाधान गर्नाका लागि स्थानीय सँग अन्तरक्रिया तथा मध्यवर्ति क्षेत्रमा जनावर आतंक बाट मुक्त गर्नाका लागी तारबार जस्ता काम गरेका मल्लले पानीको समस्या भएका स्थानमा व्यक्तिगत रुपमा समेत मोडर तथा पानीको उत्खनन गरेर जनातका अपेक्षा आशाहरु पुरा गरेको पाईन्छ ।
समन्वयमा अवल मल्ल
स्थानीय सरकार प्रमुख भएतापनि चिसापानी क्षेत्रका स्थानीय नेता तथा कार्यकताहरुलाई वडाका समस्या समाधान गर्नाका लागि सर्व दलित राजनितिक संयन्त्र समेत बनाएको पाइन्छ भने विपक्षी सँगको सामित्यतामा वडाका विकास निमार्ण सेवा प्रभावमा नागरिकहरुको अभिबृद्धि गरेको पाईन्छ । त्यसै गरी विश्वमा फैलिएको कोरना संक्रमण व्यवस्थापनामा मल्लले सबै राजनितिक दलहरुको सहयोगमा कोभिड व्यवस्थापनमा स्यम आफै क्वारेनटाइनमा खटेका थिए भने भारत बाट आउने स्थानीय नागरिकहरुको उद्धारमा समेत खटिएका थिए ।
मल्ल हाल बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागि पुर्ण वडा अध्यक्ष उम्मेदवारमा पार्टीले उम्मेद्धवरा बनाएको छ । उनको पार्टी र वडाको विकासमा क्रियाशिलता र आम नागरिकहरुले सम्मानका रुपमा मल्ललाई हेर्ने हुदाँ पार्टीले पूर्ण मल्ललाई आफ्नो उम्मेद्धवरा बनाएको नेकपा एमाले बैजनाथ गाउँपालिका अध्यक्ष ईन्द्र थापाले भनेका छन ।
वाल विवाहको उच्च जोखिम रहेको वडालाई बैजनाथ गाउँपालिका स्तरमा सबै भन्दा पहिला बाल विवाह मुक्त वडा घोषणा गर्न समेत सफल भएका मल्लले सामानिक जवाफदेही तथा पर्यटन प्रवद्र्धन गाभर होस स्टे स्तर उन्नतमा समेत मल्लको योगदान रहेको छ । मल्लले शिक्षा का क्षेत्रमा सुर्योदय उच्च मावि व्यवस्थापन समतिको जिम्मेवारी समेत निर्वाह गरेको पाइन्छ । किसोरी क्ल बाल क्लबहरुको क्षमता अभिबृद्धिमा समेत महत्वपूर्ण भूमिका मल्लको रहेको छ । त्यसै गरी मल्लले खेलकूल विकास गर्नका लागि वडा खेल मैदान स्तर उन्नत पार्क निमार्ण जस्ता कामहरुको थालनी समेत गरेको पाईन्छ ।