बाँके\ बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागिबाँके जिल्लाको आठ वटै पालिकाका लागि मेयर र अध्यक्ष गरी ७३ जनाको उम्मेदवारी परेको छ । बाँके जिल्ला निर्वाचन कार्यालयका अनुसार, बाँकेमा २ हजार ३ सय २९ जनाले मनोनयन दर्ता गरएका छन् ।
मेयर पदमा ३३ जना, उपमेयरमा २० जना, अध्यक्षमा ४० र उपाध्यक्षमा ३६ जनाको उम्मेदवारी परेको छ । यस्तै वडा अध्यक्षमा ५१२ जना, खुला सदस्यमा ८७२ जना, दलित महिला सदस्यमा ३९२ जना, महलिा सदस्यमा ४२४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय स्तरमा चुनावी महोल तातिएको छ ।
टोल टोलमा भेला सभा मार्फत उम्मेदवारहरुले मतदाताको मन जित्नाका लागि क्रियाशिल भएर लागेका छन। आज हामी बैजनाथ गाउँपालिका वडा न ३ मा नेकपा एमाले बाट अध्यक्ष उम्मेदवारी दिइएका कालि बहादुर खड्काको राजनितिक यात्राका बारे चर्चा गर्न गइरहेका छौँ ।
२०२८ साल मा जाजरकोट जिल्लामा बुवा जङगे आमा सत्यदेवी खड्काको जेष्ठ सन्तानका रुपमा जन्मेका खड्का १५ वर्षे कलिलो उमेरदेखी नै विद्यार्थी राजनितिकमा सक्रिय भएको इतिहास रहेको छ । तत्कालिन पन्चायत शासनको विरोधमा विभिन्न यातनाहरुको समेत सामना गरेका खड्काले २०४४ सालमा नेकपा मालेको सदस्यता प्राप्त गरेका थिए ।
विकट जिल्लाको बसाई अनि राजनितिक पेशा बाट परिवारको जीवनमा पाल्न कठिन भए पछि भारतमा श्रमिकको रुपमा जीवन विताएका खड्काले जाजरकोट पार्टी एकिकरण पछि नेकपा एमाले जाजरकोट जिल्ला कमिटी सदस्य युवा संघ जाजरकोटको जिल्ला अध्यक्ष ,तत्कालिन भेरी अञ्चल युवा संघको समन्वय समिति सदस्यको जिम्मेवारी समेत निर्वाह गरेको पाईन्छ ।
खड्काले विभिन्न संघ संस्थाको अनुभव समेत बटुलेका छन । उनले २०४८ साल देखी ५१ साल सम्म युनाइटेड मिसन मा काम गरेका अनुभव रहेको छ । सबै सँग मिलनसार र जन सरोकारका विषयमा महत्वपूर्ण योगदान गरेका कारण नै पार्टीले २०५४ सालमा जाजरकोट जिल्लाको साल्म गाउँ विकास समिति अध्यक्षमा निर्वाचि भएर निश्चत बजेटमा समेत स्थानीय विकास र जन समुदायको अपेक्षा अनुरुप आफ्नो जिम्मेवारी निभाएको पाईन्छ । वडा अध्यक्षको एक कार्यकाल जिम्मेवारी निर्वाह गरेका खड्का २०६० सालमा तत्कालिन बाँकेको नौवस्ता गाउँ विकास समिति हाल बैजनाथ ३ मा बसाइसराइ गरेका गरेका थिए ।
साविक नौवस्ता गाविसको ७ राजनितिक संंयन्त्रमा एमाले गाविस प्रतिनिधि समेत भएका विभिन्न विद्यालय व्ययवस्थापन समिति अध्यक्ष काम गरेको अनुभव रहेको छ ।युवा बाल क्ल किसोरी क्लबहरुमा समेत सल्लाहकार भएर काम गरेका खड्का जाजरकोटी समाज विभिन्न संघ संस्था मा समेत आवद्ध छन। सामाजिक रुपान्तरण, न्यायिक समाज निमार्णमा महत्वपूर्ण भूमिका निर्वाह गरेका खड्का आफ्ना स्पष्ट विचार प्रकट गर्ने बानी रहेको छ । राजनितिकले मात्र जीवन सम्भव नहुने राजनितिक जनताको सेवा मात्र हो भन्ने विचार गरेका खड्का विभिन्न समयमा व्यापार व्यवसाय समेत गर्ने गरेका छन।