९ जेष्ठ २०८२, बिहीबार

एमाले हाइ कमाण्डको साथमा कोहलपुरमा शुरु गरियो उम्मेदवार परिचयात्मक अभियान
  • न्युज मानसराेवर

बाँके\नेकपा एमाले  हाइ कमाण्डको  साथमा  कोहलपुरमा एमाले उम्मेदवार रिचयात्मक कार्यक्रम संचालन गरेको छ ।  एमाले कोहलपुर नगरपालिका प्रचारप्रसार समितिले राखेको सप्ताहव्यापी उम्मेद्बार परिचयात्मक अभियान शुरु गरिएको हो ।  परिचयात्मक कार्यक्रम १८ गते आइतबारसम्म रहने  बताइएको छ ।निर्वाचनलाई लक्षित गरेर सुरु गरेको कार्यक्रममा १ नम्बर वडा २ नम्बर र ३ नम्बर वडामा कार्यक्रम सम्पन्न गरिएको  कोहलपुर एमाले प्रचारप्रसार बिभाग संयोजक उमेश गुरागाईले भनेका छन ।

बिहान ८ बजेदेखि १० बजेसम्म वडा नम्बर १ मा वडाका वडा अध्यक्ष र सदस्य र मेयर उपमेयर पदका उम्मेद्वारसङ्ग वडाबासीहरुको भेला गराई नगर अनि वडाका प्रतिबद्धता सहित परिचयात्मक कार्यक्रम गरिएको हो त्यस्तै १० बजेदेखि १२ बजेसम्म वडा नम्बर दुईका सदस्य पदका उम्मेद्वार र वडाबासीहरुसङ्ग परिचयात्मक गरिएको थियो ।

बिहानभरीको परिचयात्मक कार्यक्रमको समीक्षा सहित बेलुका ५ बजेदेखि ७ बजेसम्म वडा नम्बर ३ का वडा सदस्य र स्थानीय परिचयात्मक कार्यक्रम गरिएको थियो । परिचयात्मक कार्यक्रममा केन्द्रीय सदस्य सुर्य ढकाल, प्रदेश कमिटी सदस्य बसन्ती अधिकारी , जिल्ला कमिटी सदस्य खेम शर्मा , बलराम भट्टराई लगायत युवा नेता बिद्यार्थी नेताहरुको बाक्लो उपस्थितिमा उम्मेद्बार परिचयात्मक अभियान शुरु शुरुवात गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य एमाले उम्मेदवार विजयी बनाउन सबै सँग अपिल गरेका छन। उनले लोकतन्त्र र समृद्ध कोहलपुर निमार्णमा स्थानीय सरकार एमालेलेको नेतृत्य आवश्यक रहेको बताएका छन।

ढकालले पहिलो स्थानीय तह सदस्य निर्वाचनमा एमालेले आधारभूत भौतिक संरचना निमार्ण जनताका आधारभूत आवश्यकताहरु लाई मूलभूत रुपमा साकार गरेको बताउदै आव समृद्ध कोहलपुर बनाउन फेरी पनि एमाले सरकार स्थानीय तहमा आवश्यक रहेको बताए ।

कार्यक्रममा नेकपा एमाले हाइ कमाण्डहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।  परिचयात्मक कार्यक्रम १४ गते बिहान ४ नम्बर वडाबाट सुरु हुने भएकाले सम्पुर्ण उम्मेद्वार र नेता कार्यकर्ताहरुलाई उपस्थितिको लागि बिहान ८ बजे बोलाइएको प्रचारप्रसार बिभाग प्रमुख गुरागाईले जानकारी गराएका छन् । परिचयात्मक अभियानमा एमालेबाट मेयरका उम्मेदवार खिलप्रसाद भुसाल, उपमेयरका उम्मेदवार अस्मिता थारु तथा सम्बन्धित वडाका वडा अध्यक्ष र सदस्यहरुको उपस्थिति रहेको थियो ।

  • १३ बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech