बैजनाथ \ नेकपा एमालेले बैजनाथ गाउँपालिका वडा न ५ स्थित गुरुवा गाउँका ३० जना नेकपा माओवादी केन्द्रका युवाहरुलाई पार्टीमा प्रवेश गराएको छ ।
नेकपा एमाले बैजनाथ गाउँपालिका अध्यक्ष उम्मेदवार घननाथ खनाल उपाध्यक्ष उम्मेदवार प्रेम पूर्ण योगी बैजनाथ ५ वडा अध्यक्ष उम्मेदवार मन बहादुर खत्री लगाएत वडा कमिटीका पदाधिकारीहरुको उपस्थितिमा उनीहरुलाई पार्टी प्रवेश गराइएको नेकपा एमाले जिल्ला सदस्य तथा बाँके क्षेत्र न ३ को उप सचिव निर्मला मल्लले जानकारी गराइ ।
समृद्ध बैजनाथ निमार्णमा नेकपा एमाले सरकारले मात्र सम्भव हुने हुँदा उनीहरु माओवादी केन्द्र परित्याग गदै एमालेमा प्रवेश भएको बताइएको छ । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष उम्मेदवार घननाथ खनालले समृद्ध बैजनाथ निमार्णमा कटिबद्ध रहेको बताए ।
उनले एमाले सरकारले संचालन गरेका योजनाहरुको निरन्तरता तथा थप सवलीकरण स्वरोगार निमार्ण पर्यटन विकास युवा तथा साना किसान उद्यमीहरुको स्तर उन्नती भौतिक निमार्ण बृद्ध बृद्धा पार्क बाल उद्यम ,आवश्यक स्थानहरुमा आकाशे पुल निमार्ण लगाएत योजनाहरु समृद्ध बैजनाथ निमार्णको आधार हुने बताए । उनले सबैको साझा पार्टी र समृद्ध बैजनाथ निमार्ण गर्नका लागि युवाहरुको साथ सहयोग आवश्यक रहेको समेत बताएका थिए ।