बाँके\प्रहरीले दुई नक्कली डाक्टरलाई पक्राउ गरेको छ। मोरङ प्रहरीले डाक्टरको प्रमाणपत्र तथा नेपाल मेडिकल काउन्सिलमा दर्ता नै नभई बिरामीको उपचारमा गर्दै आएका दुई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
मोरङ प्रहरीका अनुसार मोरङको पथरीशनिश्चरे-१ मा श्रीराम पाइल्स क्लिनिक सञ्चालक पर्सनजित बर्मन र सुन्दरहरैंचा-३ गछिया चोकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका सनोड मण्डल पक्राउ परेका हुन्। उनीहरू भारतको दार्जलिङ निवासी हुन्। बर्मन २७ वर्षका छन् भने मण्डल २९ वर्षका छन्।
उनीहरू दुवैले चिकित्सा शिक्षा अध्ययनको शैक्षिक प्रमाण पत्र र नेपाल मेडिकल काउन्सिलमा दर्ताबिना नै बिरामीलाई ठगी गर्दै आएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत मोरङबाट इलाजसम्बन्धी कसुरमा मंगलबार पाँच दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।