बाँके\ बैजनाथ गाउँपालिका नेकपा एमालेले उम्मेदवार परिचयात्मक कार्यक्रमलाई तिब्रता दिएको छ । आशन स्थानीय तह सदस्य निर्वाचनका लागि वडा स्तर हुदै टोल टोलमा आफ्ना उम्मेदवार परिचयात्मक कार्यक्रम संचालन गरिएको नेकपा एमाले बैजनाथ पालिका कमिटी सचिव प्रेम सुवेदीले जानकारी गराए ।
बैजनाथ गाउँपालिका वडा न ५ मा एमाले पालिका उम्मेदवार घननाथ खनाल उपाध्यक्ष प्रेम पूर्ण योगी वडाका अध्यक्ष उम्मेदवार मन बहादुर खत्री वडा सदस्यहरु लगाएत पार्टीका विभिन्न तहमा आवद्ध नेता तथा कार्यकर्ताहरुको बाग्लो उपस्थितिमा उम्मेदवार परिचयात्कम कार्यक्रम गरिएको जिल्ला कमिटी सदस्य निर्मला मल्लले जानकारी गराइन ।
टोल कमिटीको आयोजनामा उक्त उम्मेदवार परिचयात्मक कार्यक्रम राखिएको थियो ।
कार्यक्रमा समृद्ध बैजनाथ खुसी नेपालीहरुको अभिभारा पुरा गर्नाका लागि स्थानीय सरकार एमालेको हुन आवश्यक रहेको पालिका उम्मेदवार घननाथ खनालले भेलालाई सम्बोधन गर्दै भनेका छन।
उनले स्थानीय सरकारमा एमालेले ५ वर्ष अवधिमा महत्वपूर्ण कार्यकाल निर्वाह गरेको बताउदै अव थप सवलिकरण र दिर्घकालिन रुपमा एमाले सरकारले संचालन गरेका योजना नीति तथा कार्यक्रमहरु संस्थागत गर्नाका लागि एमाले उम्मेद्धवारहरुको विजयी अनिवार्य रहेको बताए । त्यसै गरी बैजनाथ गाउँपालिका वडा न ५ का उम्मेदवार मन बहादुर खत्रीले लोकतन्त्र र समुन्नत बैजनाथ निमार्णका लागि एमालेमा मतदान गर्न अपिल गरे । उनले ५ वर्षे कार्यकाल सुनौल रहेको बताउदै संस्थागत विकास र साना किसानहरुको उत्पादित बस्तुको बजारीकरण आर्थिक सवलिकरण स्वरोजागर निमार्ण औद्योगिकणको विकास समृद्ध बैजनाथ निमार्णको आधारका लागि एमालेमा मतदान गर्न अनुरोध गरे । कार्यक्रममा नेकपा एमाले बैजनाथ इन्चार्ज गुमान बहादुर दमाइ पार्टीका पालिका कमिटी वडा कमिटी लगाएत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।