बाँके\ नरैनापुरको गाउँपालिकामा एमाले उम्मेदवार विजयी गराउन नेकपा एमालेका हाइ कमाण्ड परिचालित भएका छन।
नेकपा एमाले केन्द्रिय सदस्य सुर्य ढकालको प्रमुख अथितिमा एमाले चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ ।नेकपा एमालेका केन्द्रिय नेता देवराज भार पूर्व लुम्बिनी प्रदेश मन्त्री आरती पौडेल प्रदेश कमिटी सदस्य पुजन विश्वकर्मा लगाएत नेताहरु राप्तीपारी चुनाव परिचाल गर्नाका लागि खटिएका हुन। चुनाव माहोल आफ्नो हात पार्नका लागि बाँके एमालेले बाँकेका ८१ वटै वडाहरुमा एमाले हाइ कमाण्ड खटाएको छ । हाइ कमाण्डमा जिल्ला कमिटी ,प्रदेश कमिटी पालिका कमिटी हुदै केन्द्रिय कमिटी पदाधिकारी समेत परिचालित भएका छन।
चुनाव प्रचार प्रसारमा ६ सय १ सदस्य समिति बनाइएको छ । नेकपा एमाले नरैनापुर पािलका कमिटीको आयोजनामा उक्त राजकुरमा दिक्षित संयोजक र विराट थारुको सहसयोजकमा प्रचार प्रसार समिति बनाइएको हो ।
नरैनापुर गाउँपालिका प्रचार प्रसार समितिका संयोजक राजकुमार। दिक्षितका अनुसार आज बाट घर दैलो अभियान संचालन गरिएको जानकारी गराएका छन। त्यसैगरी राप्तीसोनारी गाउँपालिकामा मनोज केसीको संयोजत्वमा ९ सय १ सदस्य समिति प्रचार प्रसार समिति चयन गरिएको नेकपा एमाले राप्ती सोनारी गाउँ कमिटीले जनाएको छ ।
यसैगरी निर्वाचनलाई थप प्रभावकारी बनाउन ११ सदस्य उच्च स्तरीय संयन्त्र बनाइएको प्रचार प्रसार समिति संयोजक मनोज केसीले जानकारी गराएका छन। अभियानको पहिलो दिन नेकपा एमाले केन्द्रिय सदस्य सुर्य ढकालले निर्वाचनमा समृद्ध बाँके बनाउनका लागि बाँकेका आठ वटै स्थानीय तह सदस्य निर्वाचन विजयी हुन आवश्यक रहेको बताउदै सबै निर्वाचानमा अर्जुन दृष्टि भएर क्रियाशिल हुन निर्देशन समेत दिएका छन।