बैजनाथ \ नेकपा एमालेले आफ्नो घरदैलो अभियान तथा उम्मेदवार परिचयात्मक कार्यक्रमलाई तिब्रता दिइएको छ । समृद्ध बैजनाथ निमार्णका लागि नेकपा एमाले विजयी गराउ भन्ने नाराका साथ अभियान बैजनाथ एमालेले संचालन गरेको छ । अभियान अन्तगत आज बैजनाथ गाउँपािलका वडा न १ मा टोल समितिको आयोजनामा उम्मेदवारहरुले परिचयात्मक कार्यक्रम गरिएको छ ।
वडा ,टोल भेला मार्फत आफ्ना उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम सँगै टोल टोलमा अन्तर संवाद कार्यक्रमहरु संचालन गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य निर्मला मल्लले भनेकी छिन।
अभियान अन्तरगत वडाका पदाधिकारी सँगै पालिका अध्यक्ष उपाध्यक्ष उम्मेदवार घनानथ खनाल प्रेमपूर्ण योगी पार्टीका भातृय संगठनका पदाधिकारी सदस्यहरुको सहभागितामा उम्मेदवार परिचयात्मक कार्यक्रहरुको आयोजना गरिएको छ ।
बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागि प्रत्येक वडाहरु सम्पर्क कार्यालय प्रचार समिचि आर्थिक समिति गठन गरिएको नेकपा एमाले पालिका कमिटी अध्यक्ष इन्द्र थापाले भनेका छन। परिचयात्मक कार्यक्रममा नेकपा एमाले पालिका उम्मेदवार घननाथ खनालले समृद्ध बैजनाथ निमार्णका लागि एमालेका सबै उम्मेदवार विजयी गराउन अपिल गरे ।
उनले ५ वर्षे कार्यकाल संघियता संस्थागत गर्नाका लागि स्त्तथानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै अब समृद्ध र नमुना गाउँपालिका बनाउन एमाले विजयी अनिर्वाय रहेको बताए । समृद्ध बैजनाथ निमार्ण संस्थागत गर्नाका लागि एमाले उम्मेदवार विजयी गराउन आवश्यक रहेको घननाथ खनालले भनेका छन।
कार्यक्रममा नेकपा एमाले वडा अध्यक्ष उम्मेदवार रुप बहादुर मल्लले बैजनाथ १ को विकासमा ५ वर्षे कार्यकाल सुनौलो रहेको स्मरण गदै अब समृद्ध र नमुना गाउँपालिका निमार्णका लागि फेरी एमालेले आफुलाई उम्मेदवार बनाएको बताए ।
उनले स्वास्थ्य ,शिक्षा स्वरोजगार बाटो निमार्ण साना किसानहरुको सुढुढिकरण लगाएत उद्यमशिलता सृजना गरिएको दावि गरेका थिए । मल्लले पालिका साक्षार घोषण बाल विवाह अत्य किसोर किसोरी क्ल मानव अधिकार शान्ति सुरक्षा र पर्यटन प्रवद्र्धनमा उल्लेखनीय कार्य भएको बताउदै त्यसलाई संस्थागत गर्नाका लागि समेत एमालेको विजयी आवश्यक रहेको औल्याएका थिए ।