१० जेष्ठ २०८२, शुक्रबार

आमा हामीलाई आर्शिरवाद दिनु !
  • न्युज मानसराेवर

बैजनाथ \ बैजनाथ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरुले उम्मेदवार परिचयात्मक कार्यक्रमलाई तिब्रता दिएका छन । निर्वाचनको समय नजिकै गर्दा बैजनाथमा एमाले उम्मेदवार घर दैलो तथा उम्मेदवार परिचयात्मक कार्यक्रमलाई तिब्रता दिइएका हुन।

आज नेकपा एमाले पालिका उम्मेदवार खननाथ खनालले बैजनाथ गाउँपालिका वडा न ६ मा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरे ।   त्यसै गरी बैजनाथ गाउँपालिका वडा न १ स्थित टोल कमिटीको आयोजनामा उम्मेदवार परिचयात्मक कार्यक्रममा केन्द्रित रहे ।

बैजनाथ गाउँपालिका मुला टाटी टोल कमिटीले आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा गरिएको थियो ।

टोल कमिटीको आयोजनालाई सम्बोधन गर्दै पालिका उम्मेदवार घननाथ खनालले समृद्ध बैजनाथ निमार्णका आधारहरु लाई संस्थागत विकास गर्नाका लागि स्थानीय तहमा एमाले सरकार हुन आवश्यक रहेको बताए । उनले  ७ सुर्य छापमा मतदान गर्न आग्रह गरेका थिए ।

खनालले वडा न ५ मा घरदैलो कार्यक्रम गरेका एमाले उम्मेदवारहरुले बृद्धबृद्धाहरु संँग संवाद समेत गरेका थिए । घरदैलो कार्यक्रममा ७८ वर्षे बृद्ध आमा सँग अध्यक्ष उम्मेदवार खनालले विजयीको आर्शिरवाद मागेका थिए ।  त्यसै गरी बैजनाथ गाउँपालिका वडा न २ मा मोटर साइकल र्यालीमा सहभागि जनाएका खनालले माथिल्लो गाभार टोल भेला कार्यक्रममा सहभागिता जनाएका थिए ।  साझ ५ बजे बैजनाथ १  च्यानमा घरदैलो कार्यक्रम गरिएको जिल्ला कमिटी सदस्य निर्मला मल्लले जानकारी गराईन।  उम्मेदवार परिचयात्मक कार्यक्रममा वडा अध्यक्ष सदस्य उम्मेदवार लगाएत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

  • १५ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech