बैजनाथ \ नेकपा एमालेले बैजनाथ गाउँपालिका २ मा र्याली निकालेको छ । एमाले उम्मेदवार विजयी गराउन भन्ने नाराका साथ मोटरसाइकल र्याली निकालिएको हो ।नेकपा एमाले वडा २ कार्यवाहक अध्यक्ष गणश बोकटीको संयोजत्वमा उक्त मोटरसाइक र्याली निकालिएको थियो ।
र्याली वडा न २ स्थित डिगीया स्कुल बाट शुरु गर्दै भौरिकुना पितमारी मकैवारी पहाडीपुर कन्याराज रामपुर ,राजीपुर कल्रामपुर सैनावार लगाएतको परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।
एमाले वडा अध्यक्ष उम्मेदवार राजु रुचालले समृद्ध बैजनाथ निमार्णका लागि एमाले विजयी गराउन आवश्यक रहेको बताए ।
उनले ५ वर्षे एमाले सरकारले समृद्ध बैजनाथ निमार्णका आधारभूत आवश्यकताहरु निमार्ण गरेको बताउदै त्यसलाई संस्थागत विकास गरी कृषिमा यान्त्रीकरण कार्यक्रम संचालन तथा प्राविधिक शिक्षामा थप सवलीकरण गर्नाका लागि एमाले उम्मेदवारलाई विजयी गराउन अपिल गरेका थिए ।
उनले शिक्षा स्वास्थ्यमा नागरिकका आधारभूत आवश्यता एमाले सरकारले पुरा गरेको बताउदै त्यसलाई थप बैज्ञानिक र जनातको आर्थिक रुपान्तरण लागि उत्पादन क्षेत्रको संरक्षण कृषि अनुदान जस्ता कार्यक्रमहरु संचालन त्यसको बजारीकरण गर्न पनि एमाले सरकार
आवश्यक रहेको बताएका छन। मोटरसाइकल र्याली कार्यक्रमा आठ सय भन्दा बढी एमाले कार्यकर्ताहरुले जनसहभागिता जनाएका थिए ।कार्यक्रमलाई अत्य गर्दै एमाले कार्यवाहक अध्यक्ष बोकटीले एमाले उम्मेदवारहरुको विजयी निश्चित रहेको बताए ।उनले सबैको साझा पार्टी एमाले रहेको बताएका थिए ।कार्यक्रममा पालिका उम्मेदवार घननाथ खनाल उपाध्यक्ष प्रेमपूर्ण योगी वडा सदस्य उम्मेदवार लगाएतको सहभागिता रहेको थियो ।