१० जेष्ठ २०८२, शुक्रबार

समृद्ध बैजनाथ निमार्णलाई संस्थागत गर्न एमालेमा मतदान गरौँःखनाल
  • न्युज मानसराेवर

बैजनाथ\  बैजनाथ गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि एमाले चुनाव प्रचार प्रसार व्यापक बनाइएको छ । दैनिक जस्तो घर दैलो अभियान र उम्मेदवार परिचयात्मक भेला जस्ता कार्यक्रमलाई तिब्रता दिइएको नेकपा एमाले पालिका अध्यक्ष इन्द्र थापाले भनेका छन। नेकपा एमाले पालिका उम्मेदवार र वडाका उम्मेदवार संयुक्त रुपमा चुनाव प्रचार प्रसारमा केन्द्रित रहेको नेकपा एमाले जिल्ला सदस्य निर्मला मल्लले जानकारी गराइन।

नेकपा एमालेले घरदैलो कार्यक्रम अन्तगत बैजनाथ गाउँपालिका वडा न १ र वडा न ५ मा र्याली निकाएको छ । त्यसै गरी टाल कमिटीको आयोजनामा उम्मेदवार परिचयात्मक अभियान संचालन गरिएको छ ।

बैजनाथ १ स्थित वडा कमिटीको भेलालाई सम्बोधन गर्दै पालिका अध्यक्ष उम्मेदवार घननाथ खनालले समृद्ध बैजनाथ निमार्णलाई संस्थागत विकास र आर्थिक सवलिकरण सँगै कृषिमा यान्त्रीकरण गर्नाका लालि एमाले उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेका छन।

त्यस्रै गरी टोल भेलामा वडा न १ का अध्यक्षका उम्मेदवार रुप बहादुर मल्ल वडा न ५ का अध्यक्ष उम्मेदवार मन बहादुर खत्री ,वडा सदस्यहरुले एमाले उम्मेदवारहरुलाई विजयी गराउन मतदाताहरुलाई अपिल गरेका छन।

  • १६ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech