बैजनाथ । बैजनाथ गाउँपालिका वडा न ४ मा नेकपा एमालेले र्याली निकालेको छ । पालिका अध्यक्ष, उपाध्यक्ष वडा अध्यक्ष ,सदस्य उम्मेदवार सहित उक्त र्यालीमा सहभागिता जनाएका थिए । र्याली पश्चात कोण सभालाई सम्बोधन गर्दै पालिका अध्यक्ष उम्मेदवार घननाथ खनालले समृद्ध बैजनाथ गाउँपालिका निमार्णका अधुरा कार्यहरु सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
खनालले एमाले ५ वर्षे कार्यकाल सुनौल रहेको बताउदै नीतिगत र भौतिक संरचना निमार्ण स्वास्थ्य शिक्षामा उल्लेखनीय कार्य एमाले सरकारले गरेको बताए । उनले बैशाख ३० गते सात सुर्य छापमा मतदान गर्नाका लागि आम नागरिकहरुमा अपिल समेत गरेका गरेका छन। मोटरसाइक र्यालीमा वडा अध्यक्ष उम्मेदवार बालकृष्ण आचार्य ,वडा सदस्यहरुको सहभागिता रहेको थिए ।
र्याली बैजनाथ ४ बानियाभार हुदै बोरिङ बस्ति , एकासिनगर , जनमत टोल सिमलघारी पिपलडाडाँ , नौलापुर, तिलकपुर चिल्लेटा विकास नगर परिक्रममा गरिएको थियो । र्याली पश्चात नृत्य समेत प्रस्तुत गरिएको थियो ।