१० जेष्ठ २०८२, शुक्रबार

कथित गठबन्धनका नाममा संविधान र महिला अधिकार माथी अपराध गरेःनेता विश्वकर्मा
  • न्युज मानसराेवर

बाँके । बैजनथा गाउँपालिकामा एमाले उम्मेदवारहरुले मोटरसाइकल र्‍याली निकालेका छन।

चुनाव नजिक हुँदै गर्दा नेकपा एमाले उम्मेदवारहरुले वडा स्तरी मोटरसाइकल र्‍याली निकालेका हुन । बैजनाथ गाउँपालिका मा एमाले उम्मेदवारहरुले वडा न ६ र वडा न ३ मा मोटरसाइकल र्‍याली सहित चुनावी आम सभा गरेका हुन ।

चुवानी सभालाई सम्बोधन गर्दै प्रमुख अथिति  नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य नन्द विश्वकर्माल एमाले विजयी सुनिश्चित रहेको दावि गरेका छन। उनले कथित गठबन्धन सरकारले देशको आवश्यकता भन्दा  पद  शक्तिका भोका व्यक्ति हुँदा  लोकतन्त्रलाई नै मास्ने काम गरेको बताए ।

उनले देशको रक्षा र स्वाभिमान पार्टी एमाले मात्र भएको हुँदा आम नागरिकहरुले त्यसलाई बुझेर बैशाख ३० मा आठ छाप मध्य ७ छाप सुर्यमा मतदान गर्ने विश्वास व्यक्त गरे ।

विश्वकर्माले संविधान र महिलाहरुको अधिकार माथि कथित गठबन्धनका नाममा लोकतन्त्र मास्ने काम गरेको दावि गरेका छन।   मोटरसाइकल र्‍याली पछि वडा स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमाले पालिका उम्मेदवार घननाथ खनालले विगत सरकारका कामहरु लाई पूर्णता दिने बताएका छन।

 उनले एमाले सरकारले चुनावी घोषणा पत्र अनुसार गरिएका कामहरुको संस्थागत विकास गर्दै अधुरा कामहरु पुरा गर्ने प्रतिवद्धता
जनाएका हुन ।

कार्यक्रममा नेकपा एमाले पालिका सचिवालय सदस्य मान बहादुर रुचाल पालिका उपाध्यक्ष प्रेम पूर्ण योगी लगाएत नेताहरुले एमाले उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेका छन।

  • १७ बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech