१३ असार २०८२, शुक्रबार

समृद्ध बैजनाथ निमार्णका अधुरा कार्य पुरा गछौँःखनाल
  • न्युज मानसराेवर

बाँके\ बैजनाथ गाउँपालिका वडा न ३ र ६ त्यसै गरी वडा न १ मा टोल वडा ६ मा घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै एमाले उम्मेदवार घननाथ खनालले समृद्ध बैजनाथ निमार्णका अधुरा कार्य आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता जनाएका छन।

घरदैलो कार्यक्रम अन्तगत मोटरसाइकल र्‍याली पश्चिात राखिएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्षका उम्मेदवार खनालले उक्त कुरा प्रतिवद्धता जनाएका हुन।

उनले अघिल्लो एमाले सरकारले संचालन गरेका योजना तथा नीति लाई कार्यन्वय गर्ने बताउदै समृद्ध बैजनाथ निमार्णका लागि रोजगारी सृजना गरिने बताए । खनालले कृषिमा यान्त्रीकरण निति अनुरुप स्थानीय विकासमा पूर्वाधार बाटो बृद्ध बृद्धा पार्क खेल मैदान पर्यटक प्रवर्दनमा विशेष भूमिका एमाले सरकारले गर्ने बताए ।

उनले नौवस्ता औद्योगिक क्षेत्रको बस्ति व्यवस्थापन गरी यहाँका जनताहरुको पक्षमा सदैव एमाले रहेको सन्देश समेत दिएका छन।

उनले नेपाली काग्रेसका साथीहरुले बस्तिहरुमा भ्रम सृजना गरेको बताउदै विकास निमार्णका कार्यहरु के कति भए वडा स्तरमा घुम्न र बुझ्न आग्रह समेत गरेका छन।

भ्रमको खेती धेरै दिन टिक्न नसक्ने बताउदै विकास र समृद्ध नेकपा एमाले पार्टीको सरकारले मात्र पुरा गर्ने सबैमा जगजायर रहेको बताए ।

चुनावी सभामा नेकपा एमाले उपाध्यक्ष उम्मेदवार वडा अध्यक्ष सदस्य लगाएत नेता तथा कार्यकर्ताहरुको बाग्लो सहभागिता रहेको थियो । सभामा नृत्यृ समेत प्रस्तुत गरिएको थियो ।

  • १७ बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech