बाँके\ नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा देशभर २० लाख स्वयंसेवक परिचालन गर्ने भएको छ । एमालेका जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षता शनिवार बसेको बैठकले चुनावमा स्वयंसेवक परिचालनको निर्णय गरेको हो ।
स्वयंसेवक परिचालनका लागि युवा संघ, अनेरास्ववियु, जि फन्ट, खेलकुद महासंघ, भूपू सैनिक संघ र युथफोर्सका कार्यकर्ता खटिनेछन् । ‘वान बुथ हन्ड्रेड यूथ’को परिकल्पना अनुसार २० लाख स्वयंसेवक दस्ता खडा गर्ने निर्णय भएको युवा संघका नेता क्षितिज थेबेले जानकारी गराए ।