बाँके\ १३६औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बैजनाथ गाउँपालिका नेकपा एमाले उम्मेदवार घननाथ खनालले शुभकामना व्यक्त गरेका छन। नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।
नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै आएको उल्लेख गर्दै श्रमिकहरुको सम्मानमानेकपा एमालेले प्रधामन्त्री स्वरोजगार कार्यक्रम संचालन गरेको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन।
उम्मेदवार खनालले विगतको स्थानीय सरकारले समेत श्रमिकहरुको सम्मानमा विभिन्न कार्यक्रमहरु संचालन गरेको बताउदै बैजनाथ गाउँपालिकमा श्रमिकहरुको तथ्याक र उहाँहरुको उचित सम्मानमा श्रमिक कोष स्थापना गरिने उल्लेख गरेका छन। श्रमिक कोष बाट श्रमिकहरुको न्यायोचित कार्ययोजना नीति निमार्ण गर्ने उल्लेख गरेका छन। खनालल् समृद्ध बैजनाथ निमार्णका लागि सबै भन्दा पहिला श्रमिक खुसी हुने पर्ने बताउदै श्रमिकहरुको आर्थिक रुपान्तरण र पारीवारीक सवलिकरण गर्नाका एमाले सरकारले स्थानीय स्तरमा विभिन्न योजनाहरु कार्यान्वयमा ल्याउने समेत शुभकामना सन्देशमा उल्लेख गरेका छन ।