१० जेष्ठ २०८२, शुक्रबार

बैजनाथमा एमाले हार स्विकार छैनः रुचाल
  • न्युज मानसराेवर

बाँके \ बैजनाथ गाउँपालिका वडा न ८ को सभालाई सम्बोधन गर्दै एमाले नेता मान बहादुर रुचालले बैजनाथ गाउँपालिकामा एमालेको हार स्विकार गर्न नसकिने बताएका छन।

उनले समृद्ध बैजनाथ निमार्णका गर्नाका लागि एमाले पार्टी र त्यसका उम्मेदवार सक्षम हुने विश्वास आम बैजनाथका जनताहरुले बुझेको बताए । उनले बैजनाथका सबै वडाहरुमा एमाले उम्मेदवार विजयी गराउन युवा शक्ति र बौद्धिक वर्गको सहयोग आवश्यक रहेको बताए । उनले ३० गते साझ ५ बजे सम्म मैदानको मोर्चामा केन्द्रित हुन युवाहरुलाई अपिल गरे ।

कही कतै पैसा बाड्न आउने हुन की ?  खबदारी गर्न र सच्चा नागरिकको भूमिका खेल्न रुचालले सभामा आग्रह समेत गरे । एमालेका  रुचालले अन्य वडाहरुको विकास र बैजनाथ वडा न ८ को विकास तुलना गर्न बौद्धिक वर्ग र यहाँका जनतालाई   जिम्मेवारी छ ‘।

मुल्याकन गर्नुहोस किन बजेट फ्रिज भयो किन समृद्ध बनाउन सकिएन ? धेरै वजेट आउने वडा र थोरै बजेट जाने वडाहरुको विकासको समिक्षा गर्न आग्रह गरे ‘। रुचालले वडामा सही जनप्रतिनिधि चयन गर्न नसक्दा यहाँका जनताहरुको जीवन स्तर रुपान्तरण हुन नसकेको बताउदै एमाले उम्मेदवारहरुलाई विजयी गराउन अपिल समेत गरेका थिए ।

  • १८ बैशाख २०७९, आईतवार प्रकाशित

  • Nabintech