१३ असार २०८२, शुक्रबार

कोहलपुरमा एमाले उम्मेदवारलाई अभिमुखिकरण सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुरमा  नेकपा एमाले उम्मेदवारहरुलाई अभिमुखिकरण गरिएको छ ।

दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजतालाई परास्त गरौँ जबजको मार्गदर्शनमा समाजवादको आधार निमार्ण गर्राैँ भन्ने मुल नाराका साथ एमाले उम्मेदवारहरुलाई कोहलपुरमा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो ।

नेकपा एमाले निर्वाचन परिचाल कमिटीको आयोजनामा उक्त  अभिमुखिकरण गरिएको हो ।

अभिमुखिकरण कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सुर्य ढकाल नेता देवराज भार नेतृ बसन्ती अधिकारी नेता लुट बहादुर रावत दुर्गा चौधरी गोपाल गिरीले प्रशिक्षण गरेका थिए । निर्वाचन परिचाल सम्बन्धी पहिलो चरणको कार्यक्रम सम्पन्न गरी २० गते देखी २७ गते सम्मको कार्यक्रम तयार गरिएको नेता सुर्य ढकालले जानकारी गराएका छन।

  • १९ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech