१३ असार २०८२, शुक्रबार

घरदैलोमा नगर प्रमुखका उम्मेदवार प्रशान्त
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । टोल टोलमा पुगेर मतदातालाई भेट्ने क्रममा आइतबार बेलुका नेपालगन्ज १३ र १४ का विभिन्न बस्तीमा पुगेका विष्ट स्थानीयको समर्थनले आफू उत्साहित भएको बताए ।

नेपालगन्ज १३ का वडा अध्यक्ष पदका उम्मेदवार सन्दिपजंग शाह र वडा नम्बर १४ का वडा अध्यक्ष पदका उम्मेदवार कृष्णमाधव कुर्मीसहित सम्बन्धित वडामा घरदैलो गरेका विष्टले स्थानीयका समस्या सुन्दै आफू प्रमुखमा निर्वाचित भए समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।

विष्टको उम्मेदवारीले आफूहरु आशावादी बनेको स्थानीयहरुले प्रतिक्रिया दिएका थिए । घरदैलोमा प्रशान्त पुग्दा मतदाताहरु उत्साहित हुने गरेका छन् ।

  • १९ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech