२९ जेष्ठ २०८२, बुधबार

जसको सिङ छैन उसैको नाम तिखेः एमाले उम्मेदवार खनाल
  • न्युज मानसराेवर

बैजनाथ\  बैजनाथ गाउँपालिका अध्यक्ष उम्मेदवार घननाथ खनालले एमाले पूर्व मन्त्री दल बहादुर सुनारलाई कटाक्ष गरेका छन।

खनालले पूर्व मन्त्री दल बहादुर सुनारलाई पार्टीले मन्त्री बनायो। आठ वर्ष सम्म सांसद बनायो । तर उहाँले बैजनाथका कति युवाहरुलाई रोजगारी प्रदान गर्नु भयो ? कति बैजनाथलाई लक्षित गरेर कार्यक्रम बनाउनु भयो ? विचार गरौँ सबैले एक पटक ।

आज उहाँ माओवादी र काग्रेसका उम्मेदवाहरु सँग मित गास्न पुग्नु भएको छ ।

हामी सहयोद्धा हौँ । उमेरले दाजु भाइ हौँ।

तर जीवनको अन्तिम कालखण्डमा कम्यूनिष्ट आन्दोलनको मर्म विपरित नेपाली काग्रेस सँग मित गर्दै हुनुहुन्छ के का लागि ? जनताको पार्टी एमालेलाई हराउन उहाँको नीति बनेको छ ।

यी शब्दहरु बैजनाथ गाउँपालिका एमाले अध्यक्ष पदका उम्मेदवार घननाथ खनालले वडा स्तरीय चुनावी सभालाई सम्बोधन गर्ने क्रममा बोलेका हुन। खनालले समृद्ध बैजनाथ निमार्णका लागि ५ वर्ष जनताको सेवकका रुपमा काम गर्न बैशाख ३० गते एमाले सुर्य चुनाव चिह्मा मतदान गर्न अपिल समेत गरे ।

उनले समृद्ध बैजनाथ निमार्णलाई पूर्णता दिन र आफ्नै गाउँपालिकामा स्वरोगार हुनका लागि समेत सुर्यमा मतदान गर्न आम बैजनाथका नागरिकलाई आग्रह गरेका थिए । जसको संगठन छैन उहाँहरु नै एमाले हराउन लाग्नु भएको छ ।

जसले जनताको काम गरेको छैन उहाँहरुलाई विजयी बनाउन क्रियाशिन हुनु भएको छ सहयोद्धा साथीहरु खनालले पूर्व मन्त्री सुनारलाई लक्षित गर्दै  भने ।  तर उहाँहरु सँग समृद्ध बैजनाथ निमार्णको योजना छैन ।

उहाँहरु सँग परमादेश प्रदान गर्ने न्यायधीस छैनन । यहाँ जनता छन  जनताको मनमा एमाले सुर्य चिह् छ । खनालले भनेका छन। खनालले सभालाई सम्बोधन गर्दै टोल टोलमा अनैतिक तत्वहरु बाट गतल शैलिमा जनता झुक्याउने खेल हुन सक्ने बताउदै त्यसको खबरदारी गर्नाका लागि युवा सबैलाई आग्रह समेत गरेका छन।

उनले जनताको काम नगर्ने योजना नहुने त्यसले एमाले हराउन लाग्ने बैजनाथमा  । ‘जसको सिङ छैन उसैको नाम तिखे’ जस्तै हो ।’एमाले हराउने खनालले भनेका छन ।कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य नन्द विश्वकर्मा एमाले जिल्ला सचिव रत्न खत्री लगाएत नेताहरुले वडा स्तरीय चुनावी सभालाई सम्बोधन गरेका थिए ।

  • १९ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech