बैजनाथ । बैजनाथ गाउँपालिका वडा न १ मा घरैदैलो अभियानलाई तिब्रता दिइएको छ ।
नेकपा एमाले उम्मेदवाहरुले बैजनाथ गाउँपालिका वडा न १ मा घरदैलो गरेका हुन।
उनीहरुले समृद्ध बैजनाथका अधुरा कार्य पुरा गर्नका लागि एमालेको सुर्य छापमा मतदान गर्न समेत मतदातालाई आग्रह गरेका छन ।
घरदै्रलो अभियानमा पालिका उम्मेदवार घननाथ खनाले उपाध्यक्ष उम्मेदवार प्रेम पूर्ण योगी वडा अध्यक्ष पदका उम्मेदवार रुप बहादुर मल्ल वडा सदस्य उम्मेदवारहरु नेकपा एमालेका नेता कार्यकर्ताहरु एमाले विजयी गराउन अपिल गर्दै घरदैलो अभियानमा केन्द्रित भएका छन।