१० जेष्ठ २०८२, शुक्रबार

बैजनाथ गाउँपालिकामा एमाले विजयी निश्चितःबुढा
  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ गाउँपालिकामा एमाले विजयी निश्चित भएको छ । बैजनाथ गाउँपालिका वडा न १ का एमाले स्वतन्त्र उम्मेदवार धनभत्त बुढाले एमालेका आधिकारी उम्मेदवारलाई सहयोग गर्ने भएका छन।

लामो समय एमाले राजनितिक गरेका बुढाले टिकट नपाउँदा स्वतन्त्र वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए । अन्तिम नामावली प्रकाशनको समयममा पनि आफ्नो उम्मेदवारी ननिकालेका बुढाले अन्तत पार्टीको मुल धारमा आएका हुन।

नेकपा एमाले केन्द्रिय सदस्य सुर्य ढकाल जिल्ला अध्यक्ष किश्मत कुमार कक्षपति एमाले पालिका उम्मेदवार घननाथ खनाल एमाले नेता मान बहादुर रुचाल पालिका अध्यक्ष इन्द्र थापा जिल्ला कमिटी सदस्य प्रदेश कमिटी सदस्य  लगाएत सँगको बसाइ पछि बुढाले आधिकारी रुपमा एमाले उम्मेदवारहरुलाई विजयी गराउन चुनावी प्रचार प्रसार गर्न मैदानमा नै आएका हुन ।

बुढाले संस्थागत रुपमा केही कम्जोरी भएको महशुस गरी स्वतन्त्र उम्मेदवारी दिएको बताउदै संस्थागत रुपमा एमाले विजयी गराउन आफु जनताको बहुदलिय जनवाद मूल धारमा नै रहेको र एमाले उम्मेदवार विजयी गराउन आफ्नो प्रमुख दाहित्व रहेको बताएका छन।

बुढाले बैजनाथ गाउँपालिकामा एमाले विजयी निश्चित भएको  दावि गर्दै एमाले विजयी गराउन आम बैजनाथ १ का मतदाताहरुलाई अपिल समेत गरेका छन।  यसै गरी जिल्ला अध्यक्ष किश्मत कुमार कक्षपतिले स्वतन्त्र उम्मेदवार बुढालाई एमालेको झण्डा प्रदान गर्दै वडा न १ को चुनावी कमाण्ड बनाएका छ ।

  • २० बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech