बाँके\ नेकपा एमाले जिल्ला सचिव रत्न खत्रीले नेपाली काग्रेस माओवादी केन्द्रका उम्मेदवाहरुलाई कटाक्ष गरेका छन।
बैजनाथ गाउँपालिका वडा न ६ को चुनावी सभालाई सम्बोधन गर्दै खत्रीले एमालेले समृद्ध नेपाल निमार्णका लागि बहु आयमिक योजनाहरु सम्पन्न गरेका बताउदै काग्रेस र माओवादी के भनेर भोट माग्छौ ? भनेर कटाक्ष गरेका हुन ।
उनले नेपाली काग्रेस भित्र खत्रीको भविष्य नएको बताउदै कांग्रेस पार्टी सभापति एमालेमा समाहित भए काधमा राखेर सम्मान गर्ने बताए ।
उनले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन एमालेले जनता सँग भोट माग्छ काग्रेस माओवादी के भनेर भोट माग्छौ ? हामी समृद्ध नेपाल निमार्ण गर्नाका लागि भोट माग्छौँ ।स्वास्थ शिक्षा निशुल्क जनतालाई उपलब्ध गराएका छाँै अझै सवलिकरण गर्ना र आफ्नै पालिकामा अस्पताल निमार्ण गर्नाका लागि भोट माग्छौ । उहाँहरु के भनेर भोट माग्नु हुन्छ ? भनेर प्रति प्रश्न गरे ।
उनले नेपाली काग्रेस र माओवादी उम्मेदवार मान खोलाको पैसा देखाएर पार्टीले टिकट दिएको बताउदै समाजसेवा गरेको व्यक्ति काग्रेस मओवादीलाई देखाउन चुनौति दिए । उनले जनताको हित र जनताको न्यायका लागि एमाले उम्मेदवारहरु सधै जनताको माझमा रहेर काम गरेको बताए । उनले बल्ला र पैसाको भरमा मात्र जनताको मन जित्न नसक्ने बताउदै समृद्ध नेपाल निमार्णका लागि एमाले सरकारले गरेका विकास देखेर आत्तिएर सप्ता घटक दलहरु गठबन्धन गरेर चुनावको मैदानमा आएको बताए ।
जनताले खबरदारी गर्न आवश्यक रहेको बताउदै सुुकुला मुकुला बस्तिमा भोटका लागि नोट खर्च गर्लान भोट माग्नु होला त्यसरी दिएको भोटले मान खोलाको अस्तित्व नै समाप्त हुने डर हुने छ तस्कर मौलाउने छन। फेरी ५ बर्ष सम्म जनतामाथी उनीहरुले राज गर्ने छ काग्रेसको लामो इतिहास छ ३० वर्षको अविधिमा भष्टचारी बाहेक जनताका हित हुने कुनै कार्य काग्रेसले गरेको छैन उनले भने ।