बैजनाथ\ बैजनाथ गाउँपालिका एमाले उम्मेदवार घननाथ खनालले नेपाली कांग्रेस का उम्मेदवार प्रकाश शाहीलाई २०६० सालमा हात समातेर राजनितिक सिकाएको बताएका छन।
उनले काग्रेस पालिका उम्मेदवार शाही माथी कटाक्ष गर्दै राजनितिक चरित्र अनुसरण गर्न आग्रह गरे । खनालले बैजनाथका गाउँपालिमा कति वटा टोलहरु छन भन्ने कुरा समेत थाह नभएका उम्मेदवारले एमाले हराउँछौँ भन्नु लजास्पत विषय भएको भनेका छन।
उनले समृद्ध बैजनाथ निमार्णका बाँकी अधुरा कार्यहरु पुरा गरी जनता माझ जनताका थप आवश्यकता अनुरुप बैजनाथको विकास गर्न ५ वर्ष सेवा गर्न एमालेमा मतदान गर्न अपिल समेत गरेका छन।
खनालले युवा शक्ति र टोल टोलमा खबरदारी गर्न समेत सभामा सहभागिहरुलाई आग्रह गरे। उनले काग्रेस माओवादीलाई कटाक्ष गर्दै संगठन नभएको जनता सँग आवद्ध नभएको तर पैसा नाता गोताको भ्रम सृजना गरी जनतालाई झुक्याउन सक्कने बताएका छन। नेकपा एमाले बैजनाथ गाउँपालिका वडा न ६ को चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष पदका उम्मेदवार खनालले उक्त कुरा बताएका हुन।