बाँके । समृद्ध बैजनाथ निमार्णका लागि गरिएका प्रतिवद्धाहरु ८० प्रतिशत काम पुरा गरेको एमाले नेता मान बहादुर रुचालले दावि गरेका छन। बैजनाथ गाउँपालिका वडा न ६ को एमाले चुनावी सभालाई सम्बोधन गर्दै रुचालले भू माफिया लाई ठक्न बाट जनता बचाएको बताएका छन ।रुचालले स्थानीय सरकारले यहाँका जनताहरुले भोक चलन गरेको र नापी भएको कालो लालपुर्जा रातो बनाउने कुरामा भू माफिया सक्रिय भएका बेला स्थानीय सरकारले त्यस्ता अनैतिक माफिहरुलाई जनता ठक्न बाट जोगाएको बताए ।
उनले स्थानीय सरकार बाट १ सय १७ जनाको लालपुर्जा जसले कर तिर्नु भएको थियो उहाँहरुलाई भूमाफिया बाट बचाएर लालपुर्जा वितरण गर्न सफल भएको बताए ।
उनले समृद्ध बैजनाथ निमार्णका लागि स्वाच्छ खाने पानी र पर्यटन प्रवद्र्धनमा बैजनाथ गाउँपालिकाले यहाँ वडा न ६मा पुष्प बाटिका सहित भ्यू टावर निमार्ण ,खेल मैदानको स्तर उन्नती , चिल्डेन पार्क निमार्ण गरिएको बताए । वडा न ६ मा प्रदेश स्तरीय मानसरोवर पार्क निमार्ण कार्य संचालन गर्न सफल भएको दावि गरे । रुचालले यहाँहरुले ५ वर्ष जनताको सेवा गर्ना एमाले उम्मेदवार हरुलाई विजयी गराएको स्मरण गर्दै त्यस अनुरुप नै कार्यहरु सम्पन्न गरेको बताए ।
रुचालले सुकुमबासी समस्या समाधान गर्नाका लागि वडा न ६ मा पहिलो चरमा कामको थालनी गरेको बताए । पालिकामा कर्मचारी व्यवस्थापन हाल सम्म गरिरहेको बताए । उनले तथ्याक लिने काम सम्पन्न गरेरे लालपुर्जा वितरण गर्ने बेलामा काग्रेस माओवादी लगाएत दलहरुले सुकुमबासी आयोग नै खारेज गरेको आरोप लगाए । उनले आयोग खारेज गरेतापनि गाउँपालिका स्तरमा कर्मचारी नहटाइएको बताए ।
स्वास्थ्य कार्यालय निमार्ण खानेपानीका लागि सम्भावित अध्ययन पछि ट्याकी निमार्ण कार्य शुरु गरेको बताए । उनले उच्च शिक्षा सम्म अध्ययन गर्नाका लागि बहुमुखी क्यापस निमार्ण कार्यका लागि २ विगा जग्गा सुरक्षित राखिएको बताए ।
रुचालले शुभ प्रभात बहुमुखी पब्लीक क्याम्पस निमार्णका लागि तत्कालिन एमाले नेता दल बहादुर सुनारलाई व्यवस्थापन समितिको अध्यक्ष बनाएर बहुमुखी क्याम्पस निमार्णका लागि १ करोड रुपैया व्यवस्थापन समितिको खाताको गाउँपालिकाले उपलब्ध गराएको तर नेता दल बहादुर सुनारले अझै काम सम्पन्न गर्न नसकेको आरोप लगाए ।
गठबन्धन छ ।उहाँको हालको पार्टी पनि सरकारमा छ। उहाँ पोलिट ब्यूरो सदस्य हुनुहुन्छ ।खै किन काम गर्न सक्नु भएन । जनताले सोध्नु पर्ने बेला आएको बताए । रुचालले नेताको हैसियतमा नेता दल बहादुर सुनारलाई बस्न आग्रह गरे । जनतालाई भ्रममा पार्न नहुने उहाँ दल बहादुर सुनारले जति कामहरु गरे पनि मैले गरे भन्ने बानी हटाउन पर्ने उल्लेख गरे । सुनिन्छ कालो मान्छे छु ।
बाटो मैले बनाए । हैन उहाँमा दम किन? उहाँले बनाएको हैन। एमालेको नीति तथा कार्यक्रमहरुले बनाएको हो। किन भन्न सक्नु हुन्न। सबै मैले गरे । नेकपा एमालेको सरकाले बैजनाथमा गाउँपालिकामा ४० किलोमिटर बाटो पिच गर्नुका साथै ८० किलोमिटर बाटो ग्रावेल गरेको छ। त्यो मैले बनाएको हैन । एमालेको नीति तथा कार्यक्रमहरुले बनाएको हो ।हामीले बनाएको हो ।भन्नु पर्छ मैले हैन । एमाले नेता रुचालले समृद्ध बैजनाथ निमार्णका बाँकी कामहरु पुरा गर्नाका लागि एमाले उम्मेदवार विजयी गराउन सभालाई अपिल समेत गरेका थिए ।