१३ असार २०८२, शुक्रबार

दर्जन बढि युवाहरु माओवादी केन्द्रमा प्रवेश
  • न्युज मानसराेवर

कोहलपुर\ बाँकेको कोहलपुरमा माओवादीप्रति युवाहरुको आकर्षण बढ्दै गएको छ । आसन्न निर्वाचनको मिति नजिकिदैं जाँदा हरेक दिन माओवादी केन्द्रमा प्रवेश गर्ने युवाको सँख्यामा समेत बृद्धि हुन थालेको छ ।

मंगलबार कोहलपुर नगरपालिका वडा नं. १ र २ का दर्जन बढि युवाहरु माओवादीमा समाहित भएका छन । विभिन्न दलमा आवद्ध युवाहरु स्वतस्फुर्त रुपमा माओवादी केन्द्रको झण्डामुनी एकिकृत भएका हुन । कोहलपुर वडा नं. २ की युवा नेत्री चेतना र वडा नं. १ का युवा नेता प्रदिप शाहीको नेतृत्वमा मंगलबार दर्जन बढि युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

युवाहरुलाई स्वागत गर्दै मेयरका प्रत्यासी न्यौपानेले अब हरेक क्षेत्रको नेतृत्व युवाहरुले गर्नुपर्ने बताए । पछिल्लो समय राजनितिप्रति युवाहरुको आकर्षण बढ्दै गएको उल्लेख गर्दै न्यौपानेले हरेक युवामा राजनैतिक चेत जगाउनुपर्ने बताए ।

सत्ताबाहिर रहँदा समेत कोहलपुरको विकासकालागि माओवादीले गरेका महत्वपूर्ण कामहरुको मुल्याङ्कन गर्दै कोहलपुरवासीले अबको पाँच वर्ष माओवादीकै नेतृत्वमा स्थानिय सरकार चुन्नेमा आफु ढुक्क भएको बताउँदै न्यौपानेले युवाहरुको हक, अधिकार र बिकासकालागि कटिवद्ध भएर लाग्ने प्रतिवद्धता समेत जाहेर गरेका छन ।

  • २० बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech