बैजनाथ \ बैजनाथ गाउँपालिकामा नेकपा एमालेले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नन्ख विश्वकर्माको प्रमुख अथितिमा उक्त घोषणा सार्वजनितिक गरेको हो ।
घोषणा पत्र सार्वजनिक कार्यक्रममा बैजनाथ पालिकाका उम्मेदवार घननाथ खनाल उपाध्यक्ष उम्मेदवार प्रेम पूर्ण योगी वडा अध्यक्षका उम्मेदवारहरु पार्टीका पालिका संयोजक गुमान बहादुर दमाइ एमाले पालिका अध्यक्ष ईन्द्र थापा एमाले नेता मान बहादुर रुचाल सचिव प्रेम सुवेदी लगाएत नेता तथा कार्यकर्ता विच उक्त घोषणा पत्र सार्वजनितक गरिएको हो ।
पूर्ण पाठको विवरण
आदरणीय दिदी बहिनी तथा दाजुभाइहरु,
स्थानिय निर्वाचन २०७९ को सन्दर्भमा हामी फेरी आम न्यायपूर्ण जनताको घरदैलोमा आएका छौँ । सर्वप्रथम सम्पूर्ण बुवा आमा, दिदी बहिनी तथा दाजुभाइहरुमा हार्दिक अभिवादन व्यक्त गर्द
चाहन्छौँ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ ज्यान आहुति दिनुहुने ज्ञात अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) आफ्नो स्थापनाकालदेखि नै राष्ट्रियता, विकास र जनताका जनजीविकाको सवालमा कार्य गरिरहेको जनताको पार्टी हो । समान्तवादी निरंकुश शासन व्यवस्थाको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक उन्नत तथा प्रगतिशील व्यवस्था स्थापनाका लागि हाम्रो पार्टीले खेलेको ऐतिहासिक भूमिका घामजत्तिकै छर्लंग छ । २०४६ सालको ऐतिहासिक जनआन्दोलमा हाम्रो पार्टीले खेलेको भूमिका र दिएको बलिदानी पनि जगजाहेर नै छ । त्यसपछि २०४९ र २०५४ सालमा भएको स्थानीय निर्वाचन नेपाली जनताले स्थानीय विकासको नेतृत्व गर्ने महत्वपूर्ण अवसर हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) लाई सुम्पिए । राज्यको पुनःसंरचना पश्चात चिसापानी, नौबस्ता, बनकटवा र टिटिहिरिया गाउँ विकास समिति अन्तर्गतको भूगोललाई समेटेर बैजनाथ गाउँपालिका गठन भयो ।
विगतका दिनमा नेकपा (एमाले)ले नै यस क्षेत्रको विकासको नेतृत्व गरी जनताको मन जितेको यथार्थ हामी सबैलाई विदितै छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सहितको संविधान २०७२ को घोषणापश्चात पहिलो स्थानीय तह, प्रदेश सभा र संघीय सभाको २०७४ सालमा सम्पन्न भयो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बैजनाथ गाउँपालिकाको नेतृत्व गर्ने अवसर पनि हाम्रो पार्टी नेकपा (एमाले) लाई प्राप्त भयो ।
नेकपा (एमाले)को नेतृत्व बैजनाथ गाउँपालिकाको समग्र विकासले गति लिएको अवस्था जनता सामू जगजाहेर छ । पहिलो पाँच वर्ष नितिगत संरचनाको निर्माण र महत्वपूर्ण भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा हामी सक्रिय रह्यौ । अब भौतिक विकास संगसंगै जनताका जनजीविकाका सवालमा सबै आर्थिक, सामाजिक तथा साँस्कृतिक समविकासको सवाललाई मुल प्राथमिकतामा राखेर सुशासन र समावेशी विकासको अवधारणालाई आत्मसाथ गर्दै जनसेवामा क्रियाशील हुने सोचका साथ स्थानीय तह निर्वाचन २०७९ मा हामी होमिएका छौँ । यस परिवेशमा विगत जस्तै सूर्य चिन्हमा मतदान गरी नेकपा (एमाले)का कर्मठ, जुझारु र विकास प्रेमी उमेद्वारहरुलाई अत्याधिक मतले विजय गराउनुहुनेछ भन्ने अपेक्षासहित हाम्रो पार्टीको तर्फबाट बैजनाथ गाउँपालिकाको समग्र विकासका लागि निम्न अनुसारको प्रतिवद्धता पत्र सार्वजनिक गरेका छौँः
१. पाँच वर्षमा हामीले प्राप्त गरेका मुख्य उपलब्धीहरु
१.१ सुशासन
हेल्प डेस्कको व्यवस्थापन गरि कार्य प्रवाहमा सहजता प्रदान गरिएको छ । मुस्कान सहितको सेवा निति लिइ सेवाग्राहीको काम सम्पन्न गरिएको छ । बजेटमा जनताको सहभागिताको लागि टोल
बस्तीबाट योजना उठाइ प्राथमिकताको आधारमा छनोट गरि बजेट विनियोजित गरिएको छ ।
१.२ पूर्वाधार निर्माण
नेकपा (एमाले) नेतृत्व गरेको स्थानीय सरकारले बैजनाथ गाउँपालिकामा पाँच वर्ष भित्र २१.५ कि.मि. बाटो कालोपत्रे, १४ कि.मि. बाटो स्तरउन्नति र ५७.२८ कि.मि. बाटो ग्राभेल, २३.७५ कि.मि. पक्की नाली
निर्माण, ४० कि.मि. नयाँ बाटो खोलिनुका साथै विभिन्न आवश्यक ठाउँमा बाटो मर्मत गरिएको छ । पालिका भरी आवश्यक ठाउँमा जम्मा ११ वटा कल्भर्ट निर्माण गरिएको छ । खानेपानीको लागि योजना मार्फत २२० वटा धारा जडान गरिएको छ । गाउँपालिकाको प्रशासकिय भवन रामपुर मा निर्माण गरिनुका साथै बहुउद्देश्यीय सभाहल तथा खुल्ला मञ्च समेत निर्माण भएको छ । पालिकाका ८ वटै वडामा वडा कार्यलय
आफ्नै भवनमा सञ्चालन गर्नका लागि पालिका तथा वडा कार्यालय भवन जम्मा ११ वटा निर्माण गरि प्रशासनिक काम संचालनमा रहेको छ ।
पालिका भित्र आवश्यक ठाउँमा ७ कि.मि. क्षेत्र तारवार घेराउ गरिएको छ ।२ वटा झुलुंगे पुल निर्माण गरिएको छ । राष्ट्रिय निकुञ्ज सँग साझेदारीमा ५ कि.मि. मेस तार जाली गरिएको छ। बाँके राष्ट्रिय निकुञ्ज ३ कि.मि. तार जाली गरिएको छ । १.३ कृषि तथा पशुपंक्षी धान, आलु, गहुँ, मकै आदिको बिउ बिजन वितरण गरिएको छ । कृषकहरुलाई प्राविधिक तालिम संचालन गरिएको छ ।भूमि तथा लिफ्ट सिँचाइ आयोजना संचालन गरिएको छ ।सिँचाइको लागि २ वटा बोरिङ्ग गारिएको छ । पाँच ठाउँमा पशु खोप केन्द्र सञ्चालन गरिएको छ ।धान, गहुँ र विउमा ५० प्रतिशत अनुदान वितरण गरिएको छ ।
विभिन्न खालका तालिम तथा अनुदान जस्तैः च्याउ, बेमौसमी तरकारी सम्बन्धि प्लाष्टिक टेनेल तथा मल्चिङ वितरण गरिएको छ । हाईब्रेत तथा उन्नत जातका विउ ५० प्रतिशतमा अनुदानमा वितरण गरिएको छ । मौरीपालन तालिम तथा मौरीपालन सहित घार वितरण गरिएको छ ।तरकारी पकेट वडा नं.८ र वडा नं. ६ धान पकेट वडा नं.३ र ७ च्याउ पकेट, वडा नं.५ र ८ आई.पि.एम. सञ्चालन गरिएको छ । साना किसान सुदृधिकरण कार्यक्रम सञ्चालन १ देखि ८ सम्म सञ्चालन गरिएको छ ।महिला सशक्तिकरणका लागी सहकारी सञ्चालन गरिएको
छ ।
घाँसको विउ, चरा मेसिन वितरण गरिएको छ ।भकारो सुधार कार्यक्रम, पशु व्यवस्थापन सम्बन्धि विभिन्न किसिमका तालिम सञ्चालन गरिएको छ ।बोयर बोका वितरण गरिएको छ । कृषि फर्ममा अनुदान गरिएको छ । सिँचाइ सम्बन्धी कार्यक्रम, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, माटो परिक्षण कार्यक्रम, पशु तथा बाली बिमा कार्यक्रम सञ्चालन गरिएको छ । कृषि हाटबजार निर्माण गरिएको छ । हाते ट्रयाक्टर वितरण गरिएको छ । लुम्बिनी प्रदेश स्तरिय स्मार्ट कृषि कार्यक्रम बैजनाथ–४ मा सञ्चालन गरिएको छ ।
१.४ शिक्षा
साक्षर गाउँपालिका घोषणा गर्न सफल भइएको छ ।विद्यालयको पूर्वाधार विकासको लागि भवनहरु निर्माण गरिएको छ ।आधारभूत शिक्षा पूर्ण रुपमा निःशुल्क गरिएको छ । १० वटा विद्यालय भवन निर्माण गरिएकोछ ।विभिन्न विद्यालयको तारवार गरिएको छ ।
जनता आदर्श उ.मा.वि. प्राविधिक विद्यालय सञ्चालन गरिएको छ ।संस्थागत विद्यालयहरुलाई दक्षता अभिवृत्ती कार्यक्रम सञ्चालन गरिएको छ ।संकेतिक भाषा कार्यक्रम सञ्चालन गरिएको छ ।बालविकास केन्द्र भवन निर्माण तथा कक्षा कोठा निर्माण गरिएको छ ।विपन्न तथा गरिब दलित विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम गरिएको छ ।आइटिमैती शिक्षण कार्यक्रम निर्माण गरिएको छ ।
१.५ स्वास्थ्य
कोरोना महामारी नियन्त्रणका लागि ८ वटै वडामा क्वारेन्टाइन बनाएर स्थानीय र विदेशबाट आएका व्यक्तिहरुलाई निगरानी गरी आधारभुत स्वास्थ्य सेवा प्रदान गरियो । प्राथमिक स्वास्थ्य केन्द्र, बनकटवामा आइसोलेशन बनाएर कोभिड १९ प्रभावितहरुलाई स्वास्थ्य सेवा दिइयो । बैजनाथ गाउँपालिकामा हाल सम्म ९५प्रतिशत जनताले कोभिड विरुद्धको खोपप्राप्त गरेका छन् ।प्राथमिक स्वास्थ्य केन्द्र बनकटवाबाट आफ्नैएम्बुलेन्स सञ्चालनमा छ ।स्वयंसेविकाहरुलाई मासिक भत्ता वृद्धिकासाथै विभिन्न क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।वडा नं. २, ४, ६ र ७ मा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गरिएको छ ।चिसापानी र वैरहवामा प्रसुती गृह निर्माण गरिएको छ ।
१.६ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
पालिकामा रहेका सबै वडाका भूमिहिन सुकुम्बासीको पहिचान गरी निस्सा तयार गरिएको छ ।सीपमूलक, आयमूलक तथा स्वरोजगार मूलक तालिम सैयौँ युवाहरुले प्राप्त गरेका छन् ।विपन्न परिवारका घरहरु जनताआवास कार्यक्रम अन्तर्गत घर निर्माण गरिएको छ ।बैजनाथ–५ मा ८ वटा घर बनाइ बाढी पिडित विपन्न परिवारलाई हस्तान्तरणगरिएको छ ।
१.७ यूवा, स्वरोजगार तथा खेलकुद
वडा नं. ६ मा खेलमैदानको निर्माण गरिएको छ ।यूवा स्वरोजगारको लागि विभिन्न सिपमूलक तालिम प्रदान गरिएको छ ।खेलकुदको लागि बजेट व्यवस्थापन गरि कार्यान्वयन गरिएको छ ।
१.८ पर्यटन तथा संस्कृति
पर्यटन प्रवर्धनका लागि लुम्बिनी प्रदेशगौरवको योजना मानसरोवर प्रतिकात्मकस्थल वनस्पत्ति उद्यानको निर्माण तथा एकवटा भ्यूटावरको निर्माण गरिएको छ ।ताल, पोखरी तथा पुरातात्वीक कुँवाकोसंरक्षण गर्दै सो को लागि बजेट विनियोजितगरिदै आएको छ ।विभिन्न संस्कृतिक कार्यक्रमको लागि बजेटव्यवस्थापन गरिदै आएको छ ।लायन्स गाभर भ्याली पार्कमा तारवारगरिएको छ ।बैरहवा सिमलघारीमा खेलमैदान संरक्षणतटबन्धन गरिएको छ ।आदिवासी जनजाति थारु संग्रहालयकोनिर्माण गरिएको छ ।संस्कृती संरक्षणका लागि बैजनाथ बाटिकामाथारु शालिक निर्माण गरिएको छ ।गनापुरमा बालमैत्री उद्यान निर्माणगरिएको छ ।
१.९ महिला बालबालिका, जेष्ठ नागरिक तथा
सामाजिक सुरक्षाः
बाल विवाह मुक्त पालिका घोषणा भएकोछ ।सिलाई कटाई, व्यूटिपार्लर, अचार, बुटिकनेतृत्व विकास मैन बत्ती, अगरबत्ती तालिमसञ्चालन गरिएको छ ।१ महिने आयोग कक्षा सञ्चालन गरिएकोछ ।आमाहरुलाई प्रोत्साहन तथा यातायात खर्चबच्चा जन्मेको ३५ दिन र स्वास्थ्य संस्थामासुत्केरी गरिएको अवस्थामा प्रदान गरिएकोछ ।लैंगिक तथा घरेलु हिंसा कोष निवारणकेन्द्र स्थापना गरिएको छ ।महिला स्वयंसेविकाको बिमा पोसाक भत्तायातायात भत्तामा वृद्धि गरिएको छ ।आयआर्जन सम्बन्धि विभिन्न तालिमसञ्चालन गरिएको छ ।
कमलहरीहरुका लागी सहकारीमा सहयोगगरिएको छ ।प्रत्येक वर्ष जेष्ठ नागरिक सम्मान कार्यक्रममार्फत सम्मान गरिएको छ।एकल पुरुषलाई समेत सामाजिक सुरक्षाभत्ताको व्यवस्थापन गरिएको छ ।पहेँलो तथा सेतो कार्ड प्राप्त भएकोअपाङ्गहरुलाई समेत सामाजिक सुरक्षा भत्ताकोव्यवस्थापन गरिएको छ ।लक्षित वर्गहरुलाई विभिन्न प्रकारको आय, आर्यन तथा सिपमुलक तालिम प्रदान गरिएको छ ।
१.१० उर्जा, वन, वातावरण तथा जलस्रोत
वडा वडामा नयाँविजुली लाईन, पोल,ट्रान्समिटर जडान गरिएको छ ।आवश्यक ठाउँमा विजुलीको व्यवस्थापनगरिएको छ ।पालिकाको टोल–टोलमा फोहरव्यवस्थापनको लागि डस्टविनको व्यवस्थापनगरिएको छ ।जैविक तटवन्धको लागि बजेट विनियोजनगरि कार्यान्वयन गरिएको छ ।जलस्रोतको सुरक्षाको लागि बजेट व्यवस्थापनगरि कार्यान्वयन गरिएको छ ।आवश्यक ठाउँमा तटवन्धन गरिएको छ ।आवश्यक ठाउँमा शौचालय तथा धारानिर्माण गरिएको छ ।
१.११ विपत व्यवस्थापन तर्फ
कोभिड हस्पिटल सञ्चालन गरिएको छ । विपत पिडितहरुलाई राहत वितरणगरिएको छ ।कोभिड क्वारेनटाइन सञ्चालन गरिएकोछ ।विपत प्रतिकार्य योजना निर्माण गरिएको छ ।विपतमा परेका समुदायलाई सहयोग प्रदानगरिएको छ ।एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ । कोभिडले ज्यान गुमाएको दाहासंस्कारको व्यवस्था मिलाइएको छ । भूक्षय तथा नदि नियन्त्रण कार्यक्रम सञ्चालन गरिएको छ । विपत राहात कोषको निर्माण गरिएको छ।
२. हाम्रा प्रतिवद्धताहरु
२.१ सुशासन
बैजनाथ गाउँपालिका अन्तरगत रहेका सवै वडाहरुमा बसोवास गर्ने विभिन्न जातजाति, भाषाभाषी, धर्मावलम्वीहरुलाई समान अवसर, न्याय, सहभागिताको क्षेत्रमा कुनै पनि प्रकारको विभेद नगरी विभेद रहित अवस्थाको सृजना गर्दै सम्पूर्ण विकाश (सामाजिक, आर्थिक, राजनीतिक, भौतिक लगायत) का कामहरुमा सुशासन कायम रहेको अनुभूति दिलाउने स्थानीय सरकारको प्रमुख दायित्वको रुपमा लिइने छ ।
सैद्धान्तिक र ब्यवहारिक पक्षलाई संगसंगै अगाडी बढाउने । जस्तै ः स्थानीय स्तरमा विभिन्न क्षेत्रका योजना तर्जुमा गर्दासेवा दिने सरकारी निकायहरु सम्पूर्ण जनताहरुको पहुँच सुनिश्चित हुने गरी सेवा प्रदान गर्न ब्यवस्था मिलाउने ।जनतामाझ भएका विकासका कामहरु तथा दिइएका सेवाहरु प्रभावकारी भए नभएको बारे चौमासिक रुपमा समिक्षा गर्ने । बैजनाथ गाउँपालिकामा बसोवास गर्ने पत्येक नागरिकहरुले आफुसंग सरकोकार राख्ने सुचनाहरु सहि समयमा उचित माध्यमबाट प्राप्त गर्ने वातावरण बनाइने छ ।
जनतासंग स्थानीय सरकार अन्तरक्रिया कार्यक्रम संचालन गरी जनगुनासो र सल्लाह सुझाव संकलन गर्ने ।अभावको कारणले कुनै पनि स्थानीयवासिन्दा कुनै पनि प्रकारको जोखिममा नपरुन भन्नका लागि आवश्यकता अनुसार कोषखडा गरी कार्यक्रम बनाई लागु गरिने छ ।राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक,धार्मिक र भौगोलिक कारणको आधारमा कोही कसैलाई पनि विभेद नगरी समानन्याय एवम् सहभागिताको सुनिश्चितता गरिने छ ।सामानुुपातिक वितरणको अवधारण अनुसार वडाको विकास बजेटलाई निश्पक्ष लागु गरिनेछ।वडाबासीहरुको व्यक्तिगत गुनासा सम्बोधनका लागि वडा कार्यालयमा सुझाव पेटिकाको व्यवस्था गरिनेछ । बडघर, चौकिदार, चिराकी, देशवन्धीयागुरुवालाई मासिक सञ्चार खर्च उपलब्ध गराइनेछ ।
२.२ भौतिक पूर्वाधार
पहिलो वर्षभित्रै पालिकाको १० वर्षे गुरुयोजना र आवधिक योजना तयारगरिन्छ ।पाँच वर्षको अवधिमा पालिकाका ८ वटैवडामा कम्तिमा १०० कि.मि. बाटो कालोपत्रेगरिनेछ । हुलाकी सडक र पूर्वपश्चिम राजमार्ग जोड्ने सडकलाई प्राथमिकतामाराखी कालोपत्रे गरिनेछ ।बाटोको स्तर उन्नती गरिने छ । वडा–वडामा सडक बत्तिको व्यवस्था गरिनेछ । सुरक्षाका दृष्टिले सम्वेदनशिल स्थानमा सिसि क्यामरा जडान
गरिनेछ । पालिका भित्र रहेका स्तरोन्नति र ट्रयाक खोल्न बाँकी बाटोहरुको प्राथमिकताका साथ स्तरोन्नति र ट्रयाक खोल्ने काम सम्पन्न गरिनेछ ।वडा–वडाका कृषि सडकहरुलाई प्राथमिकतामा स्तरोन्नति गरिनेछ । ढल निकासको उचित व्यवस्थापनका साथ अधिकतम पक्की नाली निर्माण गरिनुका साथै आवश्यक स्थानमा कल्भर्ट, पुल, स्लेप कल्भर्ट तथा झुलुङ्गे पुल निर्माण गरिनेछ ।
२.३ कृषि तथा पशुपंक्षी
वडागत तहमा सम्भाब्यता अध्ययन गरीछुट्टाछुट्टै कृषि तथा पशु पकेट क्षेत्र निर्धारण गरी आय आर्जनमा जोड दिइनेछ ।
ब्यवसायिक कृषि तथा ब्यवसायिक पशुपालन गरिरहेका किसानहरुलाई ब्यवसाय प्रबर्धनका लागि सीपमूलक तालिम संचालन गरी
आवश्यकताको आधारमा अनुदानको ब्यवस्था गरिनेछ । एक वडा एक विशेष कृषि पकेट क्षेत्र कार्यक्रम लागु गरिनेछ ।
एक कृषक एक तनेलको अवधारणा लागु गरिनेछ । उत्पादित कृषिजन्य उत्पादनहरुको बजारीकरणको लागि क्षेत्रगत रुपमा हप्तामा
२ दिन कृषि हाटबजार संचालन गरिनेछ । पशु स्वास्थ्य कार्यक्रम लागु गरिनेछ ।
पशु सुत्केरी भत्ता (गाई र भैसी) कार्यक्रम लागु गरिनेछ । ब्यवसायिक कृषि तथा पशुपालनलाई अनिवार्य रुपमा विमा गर्न अनुदान प्रदान गरिनेछ । पशुपालनको क्षेत्रमा एक वडा एक कार्यक्रम संचालन गरी नश्ल सुधारको कार्यक्रमलाई प्राथमिकता दिइनेछ । अर्गानिक कृषि उत्पादनमा प्रोत्साहन गर्नका लागि अनुदानको ब्यवस्था गरिनेछ । कृषिमा आधुनिकरण गर्नका लागि कृषियन्त्र तथा प्रविधिको प्रयोगका लागि किसान प्रोत्साहन कार्यक्रम लागु गरिनेछ । किसानले उत्पादन गरेका उत्पादन समर्थन मूल्यमा खरिद गर्ने व्यवस्था मिलाइनेछ । सहकारी र वित्तिय संस्थाबाट कृषकहरुलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने छ । पालिकामा सुविधायुक्त दुध संकलन केन्द्र बनाइ पशुपालक किसानहरुलाई स्वरोजगार बनाइने छ ।पशुपंक्षीको व्यवसायिक उत्पादन र विक्रि वितरण प्रवद्र्धन गरिनेछ ।व्यवसायिक तरकारी खेती गर्ने कृषकहरुलाई मल, विउ, कृषि सामग्रीहरु अनुदानमा उपलब्ध गराइनेछ ।
२.४ शिक्षा
क्याम्पस ब्यवस्थापन (बहुमुखी क्याम्पस वडा नं. ५ रामपुरमा स्थापना) गर्ने । आर्थिक रुपमा विपन्न तथा सम्पन्न सवै
परिवारका बालबालिका विद्यार्थीलाई समानकिसिमको संस्कार सहितको निःशुल्क एवम्गुणस्तरीय सार्वजनिक शिक्षा उपलब्ध
गराउने ।प्रत्येक वडामा फरक फरक किसिमको गुणस्तरीय प्राविधिक शिक्षाको ब्यवस्थापन गर्ने ।पालिकाका सवै विद्यालयहरुमा विषयगत
स्थायी शिक्षकहरुको ब्यवस्थापन गरिने छ ।पालिका भित्रका सवै विद्यालयहरुमा कम्प्यूटरल्याव सहितको शिक्षा अनिवार्य गरिने छ ।
अभिभावक तथा शिक्षकहरुलाई उचित तालिमको ब्यवस्थापन गरिने छ ।
गाउँपालिका भित्र रहेका सवै मन्टेश्वरीशिक्षालाई निरन्तरता दिँदै मन्टेश्वरी शिक्षानभएको ठाउँहरुमा ब्यवस्थापन गरिने छ ।हाल संचालनमा रहेका विद्यालयहरुकोशैक्षिक गुणस्तर कायम गर्दै विद्यालयको भौतिक संरचनाहरु निर्माण गरिने छ ।घेरवार गर्न छुटेका विद्यालयहरुमा ५ वर्ष भित्र घेरवार गरिने छ । विद्यालयहरुको हरेक कक्षा कोठामा सिसी क्यामेराको ब्यवस्थाका साथै प्राविधकको ब्यवस्था गरिने छ । अति विपन्न लोपोन्मुख तथा पछाडी पारिएको वर्गका विद्यार्थीहरुको लागि पुर्णछात्रवृत्तिको ब्यवस्था गरिने छ ।
प्रत्येक विद्यालयमा प्राथमिक उपचारकोसामाग्रीका साथै सेनीटरी प्याडको ब्यवस्था गरिएको ठाउँमा निरन्तरता दिने र नभएकोठाउँमा ब्यवस्था गर्ने । प्रत्येक विद्यालयमा बालमैत्री, अपांगमैत्रीभवनको ब्यवस्था गरी स्वच्छ खानेपानी, सर सफाई र शौचालयको ब्यवस्थापन गरिने छ ।प्रत्येक वडामा एउटा सार्वजनिक पुस्तकालयको ब्यवस्था गरिने छ । कक्षा १ देखि ५ सम्म मल्टिमिडियाबाटपठनपाठन गराउनुको साथै इन्टरनेटको ब्यवस्थापन नभएका विद्यालयहरुमा ब्यवस्थापन गरिने छ ।
२.५ स्वास्थ्य
स्वयमसेविकालाई सहयोग बृद्धिका साथै अवकासका क्रममा सम्मानजनक विदाई गर्ने ।स्वस्थ नागरिक निर्माणका लागिअस्पतालको क्षमता अभिबृद्धि गर्ने । साथैस्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमा कर्मचारी र औषधीको ब्यवस्थापन गर्ने ।योगा लगायतका स्वास्थ्य शिविर संचालनगर्ने ।पालिकामा ५० शैयाको अस्पताल सहितविशेषज्ञ चिकित्सकको ब्यवस्था गर्ने ।
सार्वजनिक स्थलहरुमा आवश्यकता अन’सार सार्वजनिक शौचालयको निर्माण गर्ने ।प्रत्येक वडामा कम्तीमा १५ शैयाकोअस्पतालका साथै बर्थिङ सेन्टरको ब्यवस्थागरिने छ ।स्वास्थ्य चौकीहरुलाई संरक्षण गरिनुकासाथै स्वास्थ्य सम्बन्धि प्रशिक्षणको ब्यवस्थागरिने छ ।लागु औषध, दुब्र्यशनमा फसेका यूवा,यूवतीहरुलाई दुब्र्यशनबाट बचाउनउपलब्धीमूलक प्रशिक्षणको ब्यवस्था गरिने छ ।सिकलसेल अनेमियाको चेकजाँचको लागिप्रवन्ध गरिनेछ ।नैतिक तथा मर्यादित समाज निर्माणकालागि ब्रम्हाकुमारी ईश्वरीयविश्वविद्यालयद्वारा हरेक टोल र वडास्तरमा आध्यात्मिक प्रबचनको ब्यवस्थागरिने छ ।
२.६ भूमि व्यवस्था तथा गरिबी निवारण
लगत संकलन गरिएका भुमिहिन, सुकुम्बासीतथा अव्यवस्थित वसोवासीलाई लालपुर्जावितरण गर्न पहल गरिनेछ ।विपन्न आवास कार्यक्रमको सहयोग राशी २ लाख पु¥याउन पहल गरिनेछ ।खरको छानो बिस्थापन गरी टिनका छानो कार्यक्रम सञ्चालन गरिनेछ ।बजारको महंगीलाई मध्यनजर गर्दै कृषिमजदूरहरुको न्यूनतम ज्याला कार्य निर्धारण लागु गरिनेछ ।
भूमिहीन सुकुम्वारी तथा अव्यवस्थित
बसोवास भएका व्यक्तहरुको निस्सा तयारगरी राष्ट्रियभूमि व्यवस्थापन नीति अनुरुपजग्गा वितरण गरिनेछ । गरिवीको रेखामुनी रहेका अतिविपन्नपरिवारको पहिचान गरी परिचय पत्रवितरण गर्नुका साथै सेवा सुविधा रअवसरमा प्राथमिकता दिइनेछ ।खरको छानामुक्त गर्न ग्रामिण आवासकार्यक्रमलाई निरन्तरता दिइनेछ ।
२.७ यूवा, स्वरोजगार तथा खेलकुद
प्रत्येक वडामा जिमहलको ब्यवस्था गरिने छ ।प्रत्येक वडामा क्रिकेट तथा फुटवलका लागिखेलमैदानको ब्यवस्था गरिने छ ।
बैजनाथ गाउँपालिका भित्र रंगशाला निर्माणका लागि आवश्यक पहल गरिने छ ।
युवाहरुलाई रोजगारयुक्त बनाउन पहल
गरिने छ ।समुहिक उद्यम गर्नको लागि विशेष प्रोत्साहनगरि सहुलियत कर्जाको व्यवस्थापन मिलाइनेछ ।फुटवल, भलिवल तथा क्रिकेट खेलका खेलसामाग्रीहरु उपलब्ध गराइने छ । खेलाडीहरुलाई आवश्यक प्रशिक्षणको ब्यवस्थागरिने छ । वडा नं. ६ लालपुरमा रहेको खेल मैदानमाप्याराफिटको ब्यवस्था गरिने छ ।
२.८ पर्यटन, साहित्य तथा संस्कृति
सम्भावित पर्यटन क्षेत्रको पहिचान गरी त्यसको विकास तथा संरक्षण गरिनेछ ।५ वर्ष भित्र वडा नं. ६ स्थित मानसरोवर
स्मारक पार्क निर्माण कार्य सम्पन्न गरीसंचालन गरिनेछ ।पर्यापर्यटन, कृषि पर्यटन, धार्मिक पर्यटनप्रबर्धनका लागि सवै वडाहरुमा अध्ययनगरी योजनाहरु निर्माण गरी लागु गरिनेछ ।वडा नं. १ क्षेत्रको होमस्टेको थप विस्तारतथा वडा नं. ४ बानियाभार क्षेत्रमा पर्यापर्यटनमा आधारित पूर्वाधार विकास गरिनेछ ।वडा नं. ७ र ८ मा कृषिमा आधारित पर्यटनको प्रवर्धन गरिनेछ ।
निकुञ्जसंग जोडिएका समुदायः करेली,चिसापानी, च्यामा, गाभर, सुतहिया रबानियाभार क्षेत्रमा मानव र बन्यजन्तु विचसहअस्तित्व कायम गर्न पूर्ण रुपमा तारवारर बालीनाली क्षतिको राहत पालिकाबाट सहज रुपमा उपलब्ध गराइनेछ ।मानखोलामा सम्भाब्यता अध्ययन गरी पानीर्यटनको विकास गर्ने । जस्तैः र्याफ्टिंग,केवलकार, वोटिंग, फिसिंग)बैजनाथ गाउँपालिका क्षेत्रमा बन्यजन्तु रेस्क्यू केन्द्र निर्माण गर्ने ।सामुदायिक वनहरु क्रमशः न्यू हरियाली,गौंथली, शान्ती, भगवती, सुनगाभा रहेकोवनलाई पूर्ण रुपले घेरवार गरी खुला चिडियाखानाको रुपमा विकास गर्ने ।
२.९ खानेपानी
सर्वशुलभ रुपमा स्वच्छ खानेपानीको ब्यवस्थागरिने छ ।खानेपानी ट्यांकीको सुरक्षाका लागिघेरवारको ब्यवस्था गरिने छ ।खानेपानी ट्यांकी नभएका वडामा खानेपानीट्यांकी विस्तार गर्ने ब्यवस्था गरिने छ ।सम्पूर्ण खानेपानी ट्यांकीहरुलाई सुचारु गरिने छ ।
स्वच्छ खानेपानी तथा सरसफाई सम्बन्धि
अभिमुखिकरण तालिम प्रत्येक वडामा संचालनगरिने छ ।पालिका भित्र विकास भैरहेका बजारहरुमाफोहोर जम्मा गर्ने कन्टेनरको ब्यवस्था गरी फोहोर संकलन गर्ने एउटा सवारी साधनकोब्यवस्था गर्नुका साथै संकलित फोहोरको उचितब्यवस्थापन गरिने छ ।खानेपानी सेवालाई प्रभावकारी बनाउनआवश्यक कर्मचारीको ब्यवस्था गरिने छ ।
२.१० महिला, बालबालिका, जेष्ठ नागरिक,अपांगता तथा सामाजिक विकास
जेष्ठ नागरिक का लागि पालिका स्तरीयभवन निर्माण गरिने।बालबालिका र सुत्केरी महिलालाई पौष्टिकआहार, भत्ता उपलब्ध निरन्तता दिइने छ।अपांगता भएका व्यक्तिहरुको पुनस्थापनागरिएको छ । अपंगता परिचय पत्र सहज रसरल रुपमा विवरण गर्ने गरिने छ । अपांगता
भएका व्यक्तिको नापजाँच गरी निःशुल्कसहायक सामग्रीहरु वितरण गरि अति असक्तअपांगता व्यक्तिहरुलाई निशुल्क स्वास्थ विमा
र अपांगता अधिकारसम्बन्धी सचेतना रदिवस संचालन गरिने छ ।
२.११ सहकारी
एकै प्रकृतिका सहकारीहरुलाई एकिकरण(मर्ज) गरी एक घर एक सहकारी सदस्य कार्यक्रम संचालन गरिनेछ । युवा कृषकहरुलाई व्यवसायिक कृषि तालिम दिइ व्यवसायिक योजनाका लागि सहकारी अनुदान दिइनेछ । सहकारी र वित्तीय संस्थाबाट कृषकहरुलाई
सहुलीयत दरमा कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने छ । कृषि उत्पादनको वृद्वि गर्न पकेट, जोन र सुपरजोन बनाउन आवश्यक तयारी गरिनेछ ।कृषि उपजको बजारिकण गर्न पालिकालेआवश्यक संरचना, संयन्त्र र नीति तथाकार्यक्रम तयार गरी संचालन गरिनेछ । पालिकामा सुविधायुक्त दुध संकलन केन्द्रबनाई पशुपालक किसानहरुलाई स्वरोजगारबनाइने छ । सहकारीको सेवा प्रवाहलाईचुस्त, जनमुखी र उद्यमशील बनाउनसहकारीहरुको भवन निर्माणमा सहयोगि गरिनेछ ।
२.१२ उद्योग
औद्योगिक क्षेत्र भित्रका प्रभावित जनताकामागहरुको सम्बोधन गरी औद्योगिक क्षेत्रसंचालन प्रकृया अगाडी बढाउने ।
लघु, घरेलु तथा साना उद्योग दर्ता तथासंचालनमा प्रोत्साहन गर्ने ।नयाँ दर्ता हुने लघु, घरेलु, साना तथा ठूलाउद्योगहरुलाई प्रोत्साहन स्वरुप २ वर्ष सम्मविद्युत महसुल गाउँपालिकाले अनुदान दिने ।एक घर एक विद्युतिय चुलो निःशुल्कवितरणको ब्यवस्था मिलाइने छ ।
फ्री वाईफाई जोन बनाइने छ ।एक गाउँ एक पार्कको निर्माण गरिने छ ।मानखोला नियन्त्रणका लागि गुरुयोजनातयार पारी बाँस तथा वेत रोपण गर्ने ।