२७ असार २०८२, शुक्रबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको गृहमन्त्रीद्वारा निरीक्षण
  • न्युज मानसराेवर

बुटवल\ गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरी अन्तर्राष्ट्रिय फ्लाइटको तयारीबारे जानकारी लिएका
छन् । बुधबार बिहान निरीक्षण गरी गृहमन्त्री खाँणले अन्तर्राष्ट्रिय फ्लाइटबारे जानकारी लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले जानकारी दिए।

विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय फ्लाइट गर्ने तयारी भइरहेको छ । जजिरा एयरलाइन्सले आफूले पहिलो फ्लाइट गर्न सहमति जनाइसकेको अध्यागमन कार्यालय प्रमुख केसीले जानकारी दिए । मन्त्री खाँणले विमानस्थलमा अध्यागमनको तयारी, एराइभल र डिपार्चर कसरी गर्ने तयारी भएको छ, त्यसबारे जानकारी लिएका थिए ।

निरीक्षणमा उनले विमानस्थल अध्यागमन कार्यालयमा काम गरिरहेका कर्मचारीलाई ‘अन्तर्राष्ट्रिय फ्लाइट आयो भने काम गर्न सक्ने अवस्था भइसक्यो ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा अध्यागमनका कर्मचारीहरूले आफूहरू पूर्ण तयारी अवस्थामा रहेको बताएका थिए । त्यस्तै गृहमन्त्री खाँणले विमानस्थलको प्राविधिक पक्षबारे पनि जानकारी लिएका थिए । गृह मन्त्रालयअन्तर्गत गर्नुपर्ने काम पूरा भए नभएकोबारे पनि निरीक्षणका क्रममा गृहमन्त्री खाणले अध्यागमन कार्यालयसँग जानकारी लिएका थिए । गृहमन्त्री खाँण बुधबार नै प्रदेश १ स्तरीय सुरक्षा समिति बैठकमा भाग लिन विराटनगर जाने कार्यक्रम छ ।

  • २१ बैशाख २०७९, बुधबार प्रकाशित

  • Nabintech