बाँके \बैजनाथ गाउँपालिका वडा न ७ मा एमाले चुनावी सभालाई सम्बोधन गर्दै एमाले गाउँपालिका अध्यक्ष उम्मेदवार खननाथ खनालले बजारमा गरिने हल्लाका पछाडी नलाग्न आम मतदाताहरुलाई आग्रह गरेका छन।
खनालले राजनितिक संस्कार चरम पृथकतावादी ,अवसरवादी चिन्नत बाट मुक्त हुन प्रतिपक्षलाई व्यङगे समेत गरेका छन।
उनले समृद्धीको यात्रा संकोचित विचार राख्नेहरु बाट सम्भव नहुने बताउदै जनतामा समृद्धी र विकासका एजेण्डा लैजान नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरुलाई आग्रह गरे ।
खनालले समृद्ध बैजनाथ निमार्णको योजना नभएका जनताको सेवा नगरेका त्यस्ता चरम अवसरवादीहरुलाई आफ्नो मत नदिन मतदातालाई अपिल गरे।उनले जनताको पार्टी र समृद्ध बैजनाथ निमार्णका अधुरा काम सम्पन्न गर्नाका लागि एमाले उम्मेदवारहरुलाई विजयी गराउन आम मतदानहरुलाई अपिल गरेका हुन ।