बाँके । बैजनाथ गाउँपालिका एमाले उम्मेदवार घननाथ खनालले जनताका लागि आफुले ३० बर्ष देखी बैजनाथको भूगोल र जनतासँग रहेर काम गरिरहेको बताएका छन।
उनले विपक्षी साथीहरुले मलाई चिनाउन नपर्ने बताएका छन। भ्रमको खेती गर्ने चरम अवसरवाद र विकास विरोधी रहेको हो भन्ने बुझ्नु पर्छ उनले भनेका छन। बैजनाथ गाउँपालिका वडा न ४ को घरदैलो तथा मोटर साइकल र्यालीलाई सम्बोधन गर्दै घनालले समृद्ध बैजनाथ निमार्णका लागि आफु र आफ्ना उम्मेदवारहरु सँग योजना रहेको बताए ।
उनले एमाले सरकारले गरेका राम्रा कामहरुको अनुसराण गर्दै समृद्ध बैजनाथ निमार्णका थप कामहरु गर्नाका लागि एमालेको सुर्यमा सात छाप लगाउन मतदानलाई अपिल गरेका छन । कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न ४ का वडा अध्यक्ष पदका उम्मेदवार बालकृष्ण आचार्यले समृद्ध वडा निमार्णका लागि एमालेमा मतदान गर्नाका लागि अनुरोध गरे ।
उनले ५ वर्षमा रहदा समाजिक आर्थिक र महिला शशक्तिकरण सगै जनताका आधारभूत आवश्यकताहरु शिक्षा स्वास्थ्य खाने पानी लगाएत क्षेत्रम महत्वपूर्ण उपलब्धीहरु गरेको बताउदै त्यसलाई संस्थागत विकास गर्नाका लागि समेत एमालेमा मतदान गर्न आग्रह गरेका छन। कार्यक्रममा वडा सदस्य उम्मेदवार नेता तथा कार्यकर्ताहरुको बाग्लो सहभागिता रहेको छ ।कार्यक्रम स्थानयि बानियाभार बजारमा गरिएको थियो ।