बाँके\ कोहलपुर नगरपालिका एमालेका मेयरका उमेदवार खिल प्रसाद भुषाल गत राति आएको हावाहुरीले क्षेती पुर्याएका जनताविच पुगेका छन। गत राति हावाहुरीले क्षती पुर्याएका कोहलपुर वडा न १२ स्थित सुन्दरवस्तिका परिमल चनारा र लाल ब बुढाथोकी वर्दहवाका भुनेश्वर थारु लगाएतका घरमा पुगी क्षतिको वारेमा जानकारी लिएका थिए।
पिडितले आवश्यक सहयोगका लागि पहल गरिदिन उमेदवार भुषालसंग आग्रह गरे।
उमेदवार भुषालले आफू सधै जनताको पक्षमा भएको भन्दै पिडितलाई आवश्यक सहयोग गर्न स्थानिय सरकारलाई आग्रह गरे। उमेदवार भुषालले आफू निर्वाचित भएमा गरिविको रेखामुनि रहेका जनतालाई राहतपुग्ने गरि काम गर्ने प्रतिबद्धता जनाए। उमेदवार भुषालले प्रहरी प्रसासनलाई गम्भीर रुपमा पिडितलाई आवश्यक सहयोग गर्न आग्रह गरे।