कोहलपुर\ कोहलपुर नगरपालिकामा रिक्सा अटो चालक मजदुरहरु सँग मेयर पदका उम्मेदवार खिल प्रसाद भुषालले अन्तरक्रिया गरेका छन । खनालले समृद्ध कोहलपुर निमार्णका लागि अटो व्यवसायलाई व्यवस्थापकीय रुपान्तरण गर्दै सम्मान जनक रुपमा व्यवसाय गर्ने बातावरण नेकपा एमाले सरकारले गर्ने बताएका हुन। भुषालले आफु पनि मजदुर भएर काम गरेको स्मरण गरे ।
उनले आफुले भारतमा मजदुरका रुपमा काम गरेको बताउदै मजदुरका पिडा कति हुन्छन भन्ने कुरा आफुले राम्रो सँग बुझेको बताए । उनले नगरपालिका विजयी भएको खण्डमा यहाँहरु सँग गरिएका प्रतिवद्धताहरु पूर्ण रुपमा पालना गर्ने बताए ।
कोहलपुर स्वतिक कटेजमा राखिएको उक्त अन्तरक्रियामा करिब कोहलपुरका दुइ सय भन्दा धेरै अटो व्यवसाय तथा मजदुरहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले मजदुरहरुको पार्टी नेकपा एमाले भएको स्मरण गराए ।
उनले कोहलपुर ,बैजनाथ र राप्तीसोनारी गाउँपालिका स्तरमा अटो तथा रिक्सा मजदुरहरुको व्यवसाय रुपान्तरण र मर्यादित पेशा गर्नाका लागि एमाले सरकारले स्थानीय तहमा मजदुर बोर्ड स्थापना गर्ने योजना नेकपा एमालेको रहेको बताए ।
उनले समृद्ध कोहलपुर निमार्णका लागि एमाले विजयी गराउन सबै मजदुर क्रियाशिल भएर लाग्नु पर्ने बताएका थिए ।कार्यक्रममा मध्य पश्चिम जनसेवा यातायात प्रा.लि का अध्यक्ष विश्वराज खनाल लगाएतले मजदुर भेलामा आफ्नो धारणा राखेका थिए ।