१० जेष्ठ २०८२, शुक्रबार

गोलीगठ्ठा सहित मन्त्री (अथक) चुनावी मैदानमा प्रचार गर्दै
  • न्युज मानसराेवर

बाँके\ स्थानीय तह सदस्य निर्वाचनका लागि अब मतदान गर्न बाँकी ८ दिन मात्र बाँकी छ । निर्वाचन मतदान गर्ने समय नजिकै गर्दा गठबन्धनमा रहेका सत्तारूढ मन्त्रीहरु चुनावी मैदानमा आफ्नो उम्मेदवार विजय गराउन उत्रिएका छन। निर्वाचन आचारसंहिताले त्यसलाई रोकेतापनि निर्वाचन आचारसंहिता विपरित उनीहरु चुनावी मैदानमा उत्रिएका हुन ।

त्यसको उदाहरण बाँके कोहलपुर नगरपालिका सदस्य निर्वाचनमा युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री महेश्वर जंग गहतराज (अथक)ले गरेको पाईएको छ । स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवार नरेन्द्र न्योपानेलाई विजयी गराउन उनी कोहलपुर वडा न ५ को चुनावी प्रचार प्रसारमा देखिएका हुन। उनको साथमा राज्यले उपलब्ध गराएको अंग रक्षक समेत देखिएका छन।

कोहलपुर नगरपालिका वडा न ५ को चुनाव प्रचार प्रसारमा मन्त्री अर्थक  उत्रीएका हुन । यस सम्बन्धमा हामीले निर्वाचन अधिकृत तिर्थराज भट्ट संग सोध्दा त्यसो गर्न नपाइने बताए । उनले निर्वाचन आचारसंहितमा मन्त्रीहरु सभामा जान नपाउने भन्ने चाही होइन।

तर र्‍यालीमा नै सहभागि हुन पाउदैनन । उनले भनेका छन। मन्त्रीका अंग रक्षक र हतियारका विषयमा ईलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख ऐन बहादुर  मल्ल सँग बुझ्दा मन्त्रीको अंग रक्षक प्रहरी सहायक निरीक्षक (असइ)वा हवदार खटिने प्रचन छ मल्लले भने । उनले यसरी मन्त्रीको सुरक्षाका लागि खटिने अंग रक्षक सँग हतियार समेत हुने गरेको बताए ।

मन्त्रीहरुको सुरक्षाका लागि राज्यले अंक रक्षकलाई हतियार  उपलब्ध गराएको हुन्छ । आफ्नो प्रभाव देखाउन र स्थानीय तह सदस्य निर्वाचनमा आफ्नो उम्मेदवारहरुलाई विजयी गराउन यति बेला सप्ता धारी दलका मन्त्रीहरु विभिन्न जिल्लामा आचार संहिता उल्लघन गरेर चुनावी मैदानमा उत्रिएको छन।

  • २२ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech