कोहलपुर \ बाँकेको कोहलपुर क्षेत्र नेपाली काँग्रेसका राम्रै नेताहरूको क्षेत्र हो । जहाँ काँग्रेसमै जीवन विताएका तर, अवसर नपाएका व्यक्तिहरू छन । कोहलपुर नेपाली काँग्रेसका ३ जना उम्मेदवार बनेका छन । नेपाली काँग्रेस बिपिबाट भोला नाथ शर्मा र कुनै समय नेपाली काँग्रेसको सक्रिय यूवा नेता तथा ब्यावसायी पार्टीको गतितिधीबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका छन ।
कोहलपुर को मेयरको रुपमा नेपाली काँग्रेस पार्टीले पूर्ण आचार्यलाई टिकट दिए पछि काँग्रेसका पुराना नेता बलराम शर्माले बागी उम्मेदवारी दिएका थिए । पार्टीको निर्णय नमान्ने र आफुहरुलाई अन्याय भएको भन्दै बलराम शर्मा, भानुभक्त भट्टराई, फुलराम थारु, राजेन्द्र श्रेष्ठ लगाएका नेताहरुले बिरोध समेत गरेका थिए ।
तर, काँग्रेसले बैशाख ३० को स्थानीय तह निर्वाचनका लागि यूवा नेतृत्व भन्दै पुराना नेताहरुलाई पन्छाएर पूर्ण आचार्यलाई अघि सारेको छ । क्षेत्रीय सभापति पोषण केसीलाई क्षेत्रको चुनावमा यसअघि सहयोग गरेको निहुँमा उनले सबै अग्रजलाई पर्छादै काँग्रेसका उच्च नेताको पहुँचमा टिकट ल्याउन सफल भएका हुन ।
काँग्रेसले उनलाई टिकट दिएपछि कोहलपुरमा विवाद बढिरहेको छ । यसै कारणले पुराना नेता बलराम शर्माले काँग्रेसबाट राजीनामा मात्रै दिएनन उनी मेयरमा बागी उम्मेदवार नै उठेका थिए । तर पार्टीको सर्कुलर अनुसार उम्मेदवारी फिर्ता गरिसकेका छन ।
यस्तै नेपाली कांग्रेस बिपिबाट कोहलपुर नगरपालिकाका मेयरमा भोलानाथ शर्माले आफ्नो उम्मेदवारी दिएका छन । उनी पनि निर्वाचनको प्रचारमा केन्द्रित छन। उनले असन्तुष्ट काँग्रेसहरुको मत आफुलाई आउने बताएका छन ।
काँग्रेसमा ब्यापक असन्तुष्टि छ, जसको उदाहरण २०७४ को स्थानीय निर्वाचन हो । नेपाली काँग्रेसका उम्मेदवार भानुभक्त भट्टराईलाई नेकपा एमालेका लुटबहादुर रावते झिनो मतले हराएका थिए । भने उपमेयरमा सञ्जुकुमारी थारुले जित हासिल गरेकी थिईन ।
कोहलपुर नगरपालिकामा रहेर नेपाली काँग्रेसको राजनितिमा सक्रिय रहेका व्याबसायी देवानन्द अर्यालले पनि काँग्रेस संग बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन । पार्टिका गतिबिधी र संगठनात्मक क्रियाकलापहरु सबैलाई छाडे उनले काँग्रेसबाट अलग भएका हुन ।
उनी नेपाली काँग्रेसको इमान्दार कार्यकर्ताको रुपमा परिचित थिए । काँग्रेसमा काम गर्न खोज्ने र अबसर युवाहरुले नपाउदा उनी अलग भएका थिए । नेपाली काँग्रेसका आम कार्यकर्तामा समेत ठुलो असन्तुष्टि देखिएको छ । जसको परिणाम काँग्रेसका क्षेत्रिय सभापति पोषण केसीमाथिको कार्यकर्ताको आक्रोशले पुष्टि गरिसकेको छ । टिकट बाँडफाँडमा मनोमानी गरेको लगायतका बिषयमा असन्तुष्टि जनाउँदै आफनै कार्यकर्ताले केसीलाई घेर्ने मात्रै नभई कुटपीट समेत गरेको विभिन्न सन्चारमाध्यमले सार्वजनिक गरेका छन ।
टिकट बितरणमा वडा तहको सिफारीस भन्दा नेताले मनोमानी गरेको भन्दै कार्यकर्ता तहमा व्यापक असन्तुष्टि छ । कोहलपुरमा स्थानीय तहको टिकट बितरणका बिषयलाई लिएर काँग्रेसभित्र चरम बिवाद देखिएको छ । जसले गर्दा मेयर पदका उम्मेदवार आचार्य लगाएतको समुह नै संकटमा परेको देखिन्छ ।