बैजनाथ \ बैजनाथ गाउँपालिका स्थानीय तह सदस्य निर्वाचनका लागि उम्मेदवारहरु चुनावी मैदानमा मतदाता शिक्षा लाई तिब्रताका साथ अगाडी बढाउका छन । नेकपा एमालेले टोटोमा मतदाता शिक्षा लाई तिब्रता दिनका लागि टोल कमिटी तथा उम्मेदवारहरु स्यम परिचालित भएका छन। निर्वाचन आउन अब बाँकी ७ दिन मात्र हुँदा मतदाता शिक्षा लाई उम्मेदवाहरुले विशेष जोड दिएका छन। नेकपा एमाले जिल्ला कमिटी सदस्य निर्मला मल्लले निर्वाचन आयोगले नयाँ मतपत्र बनाएका कारण मतदाताहरुलाई शिक्षा दिनु परेको बताएकी छन ।
एमाले उम्मेदवारहरुको पछिल्लो दिनमा बुद्ध बुद्धाहरुलाई मतदाता शिक्षामा केन्द्रित गरेका हुन। बैजनाथ गाउँपालिका उपाध्यक्ष उम्मेदवार प्रेम पूर्ण योगी बैजनाथ गाउँपालिका वडा न ५ स्थित अरनी टोलमा एक बृद्धालाई मत यसरी दिनु होला है भन्दै मतदाता शिक्षा दिदै थिइन ।
नेकपा एमाले पालिका अध्यक्ष उम्मेदवार घननाथ खनाल दैनिक १० देखी २० वटा टोलहरुमा विशेष रुपमा आफै मतदाता शिक्षामा केन्द्रित छन। हामीले घरदैलो अभियान वडा चुनावी सभा सँगै विहान र मध्यानको समयमा अभियानका रुपमा मतदाता शिक्षामा जोड दिएको बताएका छन।
उनले समृद्ध बैजनाथ निमार्णका लागि एमाले सरकारले संचालन गरेका विकास र आर्थिक रुपान्तरण थप सवलीकरण गदै गरिएका विकासहरु संस्थागत गर्न पनि एमालेमा मतदान गर्न सबै भेलाहरुमा मतदाताहरुलाई अपिल गर्ने गरेका छन।
यसै गरी गठबन्धन दलका उम्मेदवार तथा नेपाली कांग्रेसका उम्मेदवाहरुले समेत मतदाता शिक्षा लाई तिब्रताका साथ अगाडी बढाइएको जानकारी गराएका छन। २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित ६ वडामा विजयी निकालेको एमालेले २०७९ सालमा भने गठबन्धन र नेपाली काग्रेस सँग प्रतिस्पर्धा गर्ने छ । नेपाली काग्रेसले २०७४ सालमा २ वडा मा विजयी निकालेको थियो ।