१० जेष्ठ २०८२, शुक्रबार

समृद्ध कोहलपुर निमार्णमा महत्वपूर्ण कार्यहरु शुरुवात भएका छनःरावत
  • न्युज मानसराेवर

कोहलपुर\ कोहलपुर नगरपालिका वडा ८ मा नेकपा एमालेले घरदैलो तथा मतदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमलाई तिब्रता दिइएको
छ । नेकपा एमाले कोहलपुर नगर प्रमुख उम्मेदवार खिल प्रसाल भुषाल उप प्रमुख अस्मिता थारु लगाएत नेकपा एमाले हाइ कमाण्ड टोलटोलमा अन्तरक्रिया तथा मतदाता शिक्षा अभियानलाई तिब्रता दिइएको नेकपा एमाले युवा नेता सुमन घिमेरीले जानकारी गराएका छन।

कोहलपुर नगरपालिका प्रमुख उम्मेदवार खिल प्रसाल भुषालले सबै विकास एकै चोटी गर्छ भन्ने उम्मेदवारले जनतालाई भ्रममा पर्न खोजेका बताएका छन। समृद्ध कोहलपुर खुसी जनता बनाउनका लागि क्रमिक रुपमा समय लाग्ने बताएका छन।

उनले अघिल्लो एमाले सरकारले गरेका राम्रा कामहरुलाई संस्थागत विकास गर्न एमाले विजयी हुन आवश्यक रहेको बताए । त्यसै गरी नेकपा एमाले हाइ कमाण्डर एल्बी रावतले कोहलपुरको विकासमा अघिल्लो स्थानीय सरकारले जनताका आधारभूत आवश्यता संविधानले प्रत्याभूत गरेका सबै अधिकारहरु सुनिश्चित गरेको बताए ।

उनले स्वास्थ्य कार्यालय , वडा कार्यालय  निमार्ण शिक्षामा स्तर उन्नती पक्की बाटो निमार्ण   रिङ्गरोड को काम थालनी  महिला शशक्तिकरण तथा साना किसानहरुको आर्थिक रुपान्तरणका लागि बाख्रा पालन पकेट क्षेत्र निमार्ण जस्ता जनताका आधारभूत आवश्यकता पुरा गरेको दावि गरेका छन।  उनले स्वरोजगार निमार्ण जस्ता कामहरुको थालनी भएको बताउदै त्यसका लागि एमाले विजयी अनिर्वाय रहेको बताए ।कार्यक्रममा वडा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य तथा पूर्व मन्त्री आरती पौडेल वडा अध्यक्ष पदका उम्मेवार सदस्य पदका उम्मेदवारहरुले जनता सँग अन्तरक्रिया गरेका थिए ।

  • २३ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech