बाँके\ बैजनथा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका २ जना महिला एमालेमा प्रवेश गरेका छन ।
पार्टी प्रवेश गर्ने उनीहरु बैजनाथ गाउँपालिका वडा न २ का हुन । एमाले घरदैलो तथा मतदाता शिक्षा कार्यक्रम मा उनीहरु स्वत एमालेमा प्रवेश गरेका हुन। यसरी प्रवेश गर्नेमा मन्जु परियार सन्नी कामी रहेका छन।
यसै गरी बैजनाथ गाउँपालिका वडा न २ पितमारी टोलमा एमाले पालिका अध्यक्ष उम्मेदवार घननाथ खनाल उपाध्यक्ष पदका उम्मेदवार प्रेम प्रर्ण योगी वडा अध्यक्ष उम्मेदवार राजु रुचाल लगाएत टोल शिक्षा अभियानमा खटिएका छन। मतदाता शिक्षाको प्रभावकारीताको अनुगमनमा पुगेका खनालले सहभागिहरुलाई समृद्ध बैजनाथ गाउँपालिका निमार्णका लागि एमालेमा मतदान गर्न अपिल गरेका छन।